एकीकृत समाजवादीद्वारा उम्मेदवारको नाम सिफारिस
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काभ्रेपलाञ्चोकबाट प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिस गरेको छ । सो पार्टीको संघीय क्षेत्र नं १ र २ को समिति बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ कान्छा तामाङ(लाप्साङ), समीप त्रिपाठी, रेशमलाल श्रेष्ठ र जमुना सापकोटाको नाम सिफारिस गरिएकोे छ भने समानुपातिकतर्फ मङ्गलाल श्रेष्ठ, लोकबहादुर गौतम, ज्ञानेन्द्रकुमार तामाङ, निशा लामा, दोर्जे लामा र पाल्साङ लामाको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नं १ को प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ मुकुन्दप्रसाद गौतम तथा समानुपातिकतर्फ प्रदीपकुमार लामा, पासाङ डोल्मो लामा, यशु लामा र ध्रुवकुमार रायमाझी र प्रतापसिं लामाको नाम सिफारिस गरिएको छ । (ख) मा प्रत्यक्षतर्फ कृष्ण सापकोटा, विश्वेश्वर बञ्जारा, पुस्करप्रसाद तिमल्सिना र सञ्जिता लामाको नाम सिरफारिस गरिएको छ भने समानुपातिकतर्फ कृष्णबहादुर तामाङ, सरोजप्रसाद कुइँकेल र रामदेवी लामाको नाम परेको छ ।
त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ विदुरप्रसाद सापकोटा तथा समानुपातिकतर्फ लम्बोदर कायस्थ, जगन्नाथ श्रेष्ठ, पदमबहादुर परियार र वीना परियारको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ को (क)मा प्रत्यक्षतर्फ लक्ष्मण लम्सालको नाम सिफारिस गरिएको छ। उनि अहिले पनि बागमती प्रदेशसभा सदस्य छन् ।
समानुपातिकतर्फ हरिगोपाल प्रधानाङ्ग, वीरबहादुर तामाङ र कल्पना श्रेष्ठको नाम सिफारिस गरिएको छ । प्रदेशसभा २ को (ख) मा भने प्रत्यक्षतर्फ बसुन्धरा हुँमागाईको नाम सिफारिस गरिएकोे छ । उनि बागमती प्रदेश कृषि तथा पशुपन्छी विकासमन्त्री एवं एकीकृत समाजवादी पार्टीको काभ्रेपलाञ्चोक जिल्ला अध्यक्ष छन् । पार्टीको क्षेत्रीय समितिले समानुपातिकतर्फ दिलबहादुर तामाङ, राजकृष्ण गिरी, प्रेमकुमार तामाङ र मधु श्रेष्ठको नाम सिफारिस गरेको जिल्ला कार्यालय सचिव हरिगोपाल प्रधानांङ्गले बताए ।
उनका अनुसार प्रतिनिधिसभा क्षेत्रीय समितिबाट सिफारिस भएर आएको नामलाई बागमती प्रदेश समितिमा पठाइएको र सो समितिबाट आवश्यकताको आधारमा छनोट गरी केन्द्रीय कमिटीमा पठाएपछि त्यहाँबाट अन्तिम टुङ्गो लाग्ने भएको छ ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




