प्रमुख खवर

लोकतन्त्रलाई स्थायित्व दिन गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दललाई मिलेर चुनाव लडेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै गरिबी हटाउने ठूलो अवसर र चुनौती रहेको बताएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धन काठमाडौं निर्वाचन क्षेत्र नं २ को चुनावी प्रशिक्षणमा कार्यक्रममा उनले अहिले बनेको गठबन्धनले प्रजातन्त्रलाई स्थायित्व दिन आवश्यक रहेको धारणा व्यक्त गरे ।

उनले भने, “गठबन्धनमा सबै मिल्न आवश्यक छ, वर्तमान संविधानमा सबै अटाउने स्थान छ, एउटा दलले मात्र बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धनलाई मिलाएर लैजान आवश्यक छ ।”मुलुकमा लोकतन्त्रवादी शासन व्यवस्थालाई सुदृढ गर्दै अघि बढाउन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले त्यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओनसरी घर्तीले त्यसबेला सभामुखको जिम्मेवारी अत्यन्तै सुव्यवस्थित हिसाबले चलाउन सफल भएको घटना सुनाए ।

उनले भने, “ओनसरी जी सहासिक महिला हुनुहुन्छ, सभामुख हुँदा पार्टीभन्दा राष्ट्रको जिम्मेवारीलाई हेरेर काम गर्ने लोकतन्त्रवादी हुनुहुन्छ ।”

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...