प्रमुख खवर

भक्तपुर क्षेत्र नं २ का उम्मेदवार थापालाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्यका भक्तपुर क्षेत्र नं २ का उम्मेदवार दुर्लभ थापालाई स्पष्टीकरण सोधेको छ ।

थापाले सूर्यविनायक नगरपालिका वडा नं। २, ३, ४ र ६ का चोक र गल्ली र पोलमा आफू उम्मेदवार रहेको नेपाली कांग्रेस दलको झण्डा, फ्लेक्स प्रिन्ट राखेको र सामाजिक सञ्जालमा पोष्ट गरेको कार्य आचारसंहिता विपरीत हुने भएकाले स्पष्टीकरण सोधिएको हो । थापालाई निर्वाचन आयोगमा वा उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालमा आफै वा आफ्नो प्रतिनिधिमार्फत २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ बमोजिम जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ज) मा ‘कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिकस्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने’ व्यवस्था रहेको स्मरण गराउँदै त्यसरी विभिन्न स्थानको बाटो तथा पोलमा दलको झण्डा राखेको देखिएको हुँदा आचारसंहिता विपरीत हुने गरी उक्त कार्य किन गरिएको हो ? भनी सोधिएको छ ।

“तपाईं नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिको अध्यक्ष तथा भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनुभएको हुँदा निर्वाचन आचारसंहिताको पालना गर्ने गराउने जिम्मेवारी तपाईंको हो, होइन रु, स्पष्टीकणमा भनिएको छ, “यदि जिल्ला कार्यसमिति भक्तपुरबाट निर्वाचन आचारसंहिता विपरीत कार्य भएको हो भने तपाईंलाई किन निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ३ र उपदफा ४ बमोजिमको कारबाही हुनु नपर्ने हो ?”

वडाध्यक्ष रिजाललाई स्पष्टीकरण

यसैगरी आयोगले काठमाडौँ महानगरपालिका-१६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएकामा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ ।

वडाध्यक्ष रिजालले काठमाडौं निर्वाचन क्षेत्र नं ७ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्ने उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड ‘क’ मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रचार वा गर्न नहुने तर स्थानीय कार्यापालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था रहेको स्मरण गराइएको छ ।

स्पष्टीकरणमा भनिएको छ,“स्थानीय कार्यपालिकाको सदस्य तथा काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्षले काठमाडौँ महानगरपालिकाभित्र नेपाली कांग्रेस वा अन्य कुनै राजनीतिक दलको वा दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनु भएको हो, होइन ?”

पत्रमा आफू स्थानीय कार्यपालिकाको सदस्य रहँदा रहँदै काठमाडौं महानगरपालिकाभित्र दलको प्रचारप्रसारमा संलग्न भएको कार्यले निर्वाचन आचारसंहिताको उल्लंघन हुने हुँदा तपाईंलाई किन निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ३ बमोजिमको जरिबाना गर्नु नपर्ने हो ?भनी जवाफ माग गरिएको छ ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...