‘निर्वाचनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’
काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आमनागरिक एवं मतदातासमक्ष निर्वाचनको गतिविधि पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।राष्ट्रिय समाचार समितिको सहकार्यमा आयोगद्वारा आज यहाँ आयोजित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को सन्दर्भमा ‘प्रदेशस्तरीय सञ्चारमाध्यमसम्बन्धी अभिमुखीकरण’ कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
निर्वाचनमा अनावश्यक खर्च कटौती गर्न व्यावहारिक हिसाबले बनाएको निर्वाचन आचारसंहिता उल्लंघन भएमा टुलुटुलु नहेर्ने भन्दै प्रमुख आयुक्त थपलियाले भने, “आचारसंहिता उल्लंघनको विषयमा स्पष्टीकरण सोध्नु कारबाही होइन ।” समयमै निर्वाचन खर्चको विवरण पेश नगर्ने एक लाख २३ हजार छ सय २४ उम्मेदवारलाई कारबाही गरेको उल्लेख गर्दै उनले निर्वाचनमा उम्मेदवारले मतदातालाई लोभ, लालच एवं प्रलोभन देखाउन नहुने कुरामा जोड दिए ।
उनले मतलाई बदर हुन नदिन मतदाता शिक्षा सामाजिक सञ्जालबाट पनि सुरु गरेको बताउँदै असल जनप्रतिनिधि छान्न पद, पैसा, पहुँच र प्रलोभनमा पर्नु नहुने बताए । राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न निर्वाचन महत्वपूर्ण छ भन्दै प्रमुख आयुक्त थपलियाले स्वतन्त्र अभिव्यक्ति र निर्वाचन स्वच्छता लोकतन्त्रलाई बलियो बनाउने धारणा राखे ।
सिद्धान्त, निष्ठा र विचारले निर्वाचन स्वच्छ एवं पारदर्शी हुने भन्दै प्रमुख आयुक्तले सञ्चारमाध्यमले निर्वाचनको गरिमा बढाउन सशक्त भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचनलाई स्वच्छ, भयरहित, पारदर्शी एवं स्वतन्त्र बनाउन सुरक्षाका सबै एकाइ परिचालन हुने जानकारी दिए ।
मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले निर्वाचन क्षेत्रमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनका सबै काम सौहार्दपूण वातावरणमा भइरहेको जानकारी दिए । राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले निर्वाचनमा सञ्चारमाध्यमले स्वनियमन गर्ने परम्परा पनि बसाल्न आग्रह गर्दै सञ्चारमाध्यमले निर्वाचनको विधि र प्रक्रियालाई आत्मसात् गर्नुपर्ने सुझाव दिए ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




