जनता भेटघाटमा व्यस्त उम्मेदवार विद्या ढकाल
तनहुँ । उम्मेदवार विद्या ढकालले जनतासँगको भेटघाटलाई तिव्रता दिएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा ढकालले तनहुँ क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यका लागि नेकपा (एस) को तर्फबाट उम्मेदवारी दिएका छन् ।
कलम चिह्नमा मतदान गरी आफुलाई विजयी बनाउन उनले मतदातासँग आग्रह गरेका छन् । ढकालले शनिबार भानु नगरपालिकाको वडा नं १३ र वडा नं २ का जनतासँग भेटघाट गरेका छन् ।
आफु सधैं जनतासँगै रहेको भेटघाटका क्रममा उनले बताए । सुशासनको पक्षमा र भ्रष्टाचार तथा कमिसनतन्त्रको विरुद्ध आफ्नो उम्मेदवारी रहेको ढकालले बताए ।
राजनीतिमा देखिएको विकृति र विसंगतीको मूख्य कारण धनवाद र डनवाद भएकाले ती प्रवृत्तिका विरुद्ध जीवन पर्यन्त लडिरहने प्रतिवद्धता ढकालले व्यक्त गरेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




