काठमाडौं क्षेत्र नं ९ मा ४२ प्रतिस्पर्धीमध्ये सात महिला
काठमाडौं । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ मा ४२ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये स्वतन्त्रबाट १६ र विभिन्न राजनीतिक दलबाट २६ जनाको उम्मेदवारी परेको काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिए ।
अधिकारीको अनुसार प्रतिनिधिसभा एक सदस्यका लागि काठमाडौं क्षेत्र नं ९ बाट २२ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । त्यसमध्ये दलबाट १२ र स्वतन्त्रतर्फबाट १० उम्मेदवारी परेको छ । तीमध्ये महिला उम्मेदवारको सङ्ख्या पाँच र पुरुष उम्मेदवारको सङ्ख्या १७ रहेको छ । यसैगरी काठमाडौं क्षेत्र नं ९ मा प्रदेशसभामा दुई पदका लागि २० उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रदेशसभा (क) मा दलका तर्फबाट सात र स्वतन्त्र उम्मेदवार तीन गरी १० उम्मेदवार रहेको अधिकारीले बताए । त्यसमा महिला उम्मेदवारको सङ्ख्या दुई र पुरुष उम्मेदवारको सङ्ख्या आठ रहेको छ । प्रदेशसभा (ख) मा दलको तर्फबाट सात र स्वतन्त्र तीन गरी दश जनाको उम्मेदवारी परेको छ ।
तीमध्ये दसैंजना पुरुष उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । काठमाडौं क्षेत्र नं ९ बाट ३५ पुरुष र सात महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । उक्त क्षेत्रमा जम्मा ७२ हजार एक सय ७३ मतदाता रहेका छन् । त्यसमध्ये प्रदेश ९क० मा कूल ३७ हजार एक सय र प्रदेश ९ख० मा ३५ हजार ७३ मतदाता रहेका छन् ।
काठमाडौं क्षेत्र नं ९ मा ३४ मतदानस्थल तोकिएको छ भने ८५ मतदान केन्द्र निर्धारण गरिएको छ । उक्त क्षेत्रमा काठमाडौं महानगरपालिकाका चार, चन्द्रागिरी नगरपालिकाका पाँच र नागार्जुन नगरपालिकाका पाँच वडा समेटिएका छन् ।यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडा नं १२, १४, २१ र २२ तथा चन्द्रागिरि नगरपालिकाका वडा नं १, १२, १३, १४, १५ र नागार्जुन नगरपालिकाका वडा नं ६, ७, ८, ९, १० छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




