बजारमा देखिन्नन् सयपत्री माला, प्लास्टिकका मालाको भर
मुसिकोट । तिहार नजिकिएसँगै रुकुम पश्चिमका विभिन्न बजारका पसल प्लास्टिकका मालाले भरिभराउ छन् । केही दिनअघि अघि मात्रै फूलमाला नदेखिने बजार क्षेत्रका पसलमा हिजोआज भने तिहारलाई लक्षित गरेर माला लगायतका सामग्री राखिएका छन् ।
बजारका ठाउँठाउँमा तिहार लक्षित सामग्री राखिएका छन् । भाइ टीकाको दिन नजिकिँएसँगै सदरमुकाम खलङ्गा, बागबजार, सल्ले, सेरिगाउँ लगायतका बजार क्षेत्रका पसल माला र तिहारका सामग्रीले रङ्गिएका छन् । तर बजारमा पाइने सबै माला प्लास्टिकका हुन् ।
जिल्लामा सयपत्रीको माला बिक्रीको चलन छैन् । ठूला सहरमा सयपत्रीको मालाको ठूलो व्यापार हुने गरेको भए पनि रुकुम पश्चिममा भने प्लास्टिककै मालाको भर पर्नुपर्छ । जिल्लामा बर्सेनि ठूलो मात्रामा प्लास्टिकका माला खपत हुने गरेको छ । प्लास्टिकका बाहेक फूलका माला पाइँदैन । जिल्लामा फूलको मालाको बजार नरहेको व्यापारी बताउँछन् ।
फूलका माला छिट्टै बिग्रिने भएकाले प्लास्टिककै माला बढी किनमेल हुने गरेको व्यापारी बताउँछन् । तिहारमा मालासँगै ढाकाको टोपीको पनि उत्तिकै माग हुने गरेको खलङ्गा बजारमा कस्मेटिक पसल चलाउँदै आएकी गीता पोख्रेलले बताए । तिहारका लागि माला र ढाका टोपी बुटवल, दाङ लागयतका ठाउँबाट ल्याएर बिक्री गर्ने गरेको उनले बताइन् ।
यस्तै बागबजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी रिमा मल्लले पनि पलास्टिकका मालाको माग धेरै रहेको बताइन् । “फूलको व्यावसायिक उत्पादन नुहुँदा तिहारमा प्लास्टिककै मालाको भर पर्नुपरेको छ”, उनले भनिन् । गाउँघरमा विभिन्न जातका फूलको सामान्य उत्पादन हुने गरेको छ । तर तिहारका लागि फूल किनेर माला बनाउने बानीको विकास नहुँदा यसको व्यापार सुरु हुनसकेको छैन् ।
सरकारले प्लास्टिकका माला बिक्री वितरणमा रोक लगाएको छ । सरकारले प्लास्टिकजन्य मालाको बिक्री वितरण नगर्न र गरेको पाइएमा रु एक लाखसम्म जरिवाना गर्ने सूचना जारी गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




