सामूहिक गौ पूजन तथा गौ कथा महोत्सव सुरु
भरतपुर । चितवनको भरतपुर महानगरपालिका-१ मा रहेको बागेश्वरीमा सामूहिक गौ पूजन तथा त्रिदिवसीय गौ कथा महोत्सव २०७९ सुरु भएको छ । बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको आयोजनामा सोमबारदेखि गौ पूजन तथा गौ कथा महोत्सव सुरु भएको हो ।
तीन दिनसम्म चल्ने गौ कथा महोत्सवको गलेश्वर आश्रमका पिठाधीश १००८ स्वामी आत्मानन्द गिरिजी महाराजले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले गाईहरुको संरक्षणमा सबै लाग्नुपर्ने बताए । उनले हिन्दू धर्म संस्कृतिमा गाईको महत्व बढी हुने भन्दै यसको संरक्षणमा राज्यसमेत लाग्नुपर्ने बताए ।
पहिलो दिन प्रमुख वाचकको रुपमा डा गुरुप्रसाद सुवेदीले प्रवचन दिएका छन् । उनलाई बुद्धिसागर भण्डारी ‘मृदुल’ले कथा प्रवचनमा साथ दिएका छन् । दोस्रो दिन पण्डित दीनबन्धु पोखरेल र तेस्रो दिन आचार्य चन्द्रदत्त सुवेदीले प्रवचन दिने कार्यक्रम रहेको बागीश्वरी आध्यात्मिक परिषद वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर श्रेष्ठले जानकारी दिए ।
बागेश्वरीमा नियमित हुँदै आएको गौ पूजालाई निरन्तरता दिँदै यसवर्ष गौ कथा महोत्सवको रुपमा विस्तार गरिएको बताए । यहाँ सामूहिक गौ पूजासँगै गोबद्र्धनको पर्वत बनाएर पूजा गरिएको छ । प्रत्येक वर्ष गाई र गोबद्र्धन पूजाको दिन गाई र गोबद्र्धनको पूजा गर्नेको भीड लाग्छ । पवित्र तीर्थस्थल देवघाटधाम प्रवेश मार्गमा रहेको बागीश्वरीमा दुई सय भन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ ।
दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको बागेश्वरी आध्यात्मिक परिषद्का उपाध्यक्ष रामप्रसाद वस्तीले बताए । उनका अनुसार गाई पाल्नका लागि मासिक रु चार लाख खर्च हुने गरेको छ । यहाँ गाईको रेखदेखको लागि सात जना कर्मचारी खटिएका छन् । योगी नरहरीनाथले २०५० सालमा माडीबाट कोटीहोम लगाउन सात वटा गाई लिएर आएका र त्यो सङ्ख्या बढेर अहिले दुई सय पुगेको वस्तीले जानकारी दिए । यहाँ सबै स्थानीय जातका मात्रै गाई पालिएको छ । भरतपुर महानगरपालिका, पोलिटेक्निक कलेज र विभिन्न प्राविधिकले यहाँका गाईको औषधि उपचारमा सहयोग गरिरहेको उनले बताए ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष तथा बागेश्वरी आध्यात्मिक परिषद्का कोषाध्यक्ष बद्रीप्रसाद अधिकारी क्षेत्र विकास समितिले पनि यहाँका गाई संरक्षणमा सहयोग गरिरहेको बताए । उनले बागेश्वरी आध्यात्मिक परिषद् अन्तर्गत रहेका गौशाला, गुरुकुल र प्राकृतिक चिकित्सालयको एकीकृत विकास गरिने बताए । घरघरमा गाई पाल्न छाडेकाले यसको महत्व ह्रास आउनसक्ने भएकाले सबैलाई जानकारी प्रदान गर्न सामूहिक गौ पूजन कार्यक्रम आयोजना गरिएको गौ संरक्षण केन्द्रले जनाएको छ ।
गौ संरक्षणका लागि बागेश्वरीमा आजिवन सदस्यको शुल्कबाट पनि आर्थिक जोहो गर्ने गरिएको छ । आजिवन सदस्य बन्नका लागि रु ११ हजार शुल्क तोकिएको छ । गोबर गहुँत बेचेर पनि गौशालाले आम्दानी गर्दै आएको छ । गहुँतबाट मासिक रु ३५ हजार र गोबरबाट एक सिजनमा डेढलाख बढी आम्दानी हुने गरेको परिषदले जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




