पटक-पटक पदमा पुगेर काम नगर्नेलाई कुन्ती पोखरेलको प्रश्न
काठमाडौं । सरकारले पाँच वर्षमा गर्न नसकेका धेरै काम संखरापुर नगरपालिकाले ६ महिनामा गरेर देखाएको काठमाडौं क्षेत्र २ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोख्रेलले बताइन् ।
उनले संखरापुरमा आयोजित दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा मतदातासँग अन्तक्र्रिया कार्यक्रममा यस्तो बताएकी हुन् । ‘राप्रपाले संखरापुर नगरपालिका जित्दा त अघिल्ला प्रतिनिधिले पाँच वर्षमा गर्न नसकेका धेरै काम ६ महिनामा गरिसकेको छ भने अब प्रतिनिधि सभा र प्रदेश सभामा हामी पनि जितेर आयौं भने बल्ल यो ठाउँ बन्ने भयो,’ पोख्रेलले भनिन् ।
कोटेश्वरबाट भक्तपुरतिरको बाटो चाहीं डाँडासम्म चिल्लो भएको छ तर हाम्रो क्षेत्र भने एम्बुलेन्स छिर्ने बाटो नभए स्थानीय सास्ती खोप्नुपरेको छ । कार्यक्रमा स्थानीयलाई उद्रित गर्दै हिजो तपाईंहरुले कस्ता प्रतिनिधिलाई भोट दिनुभयो आज यो ठाउँको अभिभावक खोइ ? भन्दै पोख्रेलले प्रश्न गरिन् । उनी थप्छिन्, ‘हिजो तपाईंहरुले भोट हालेका व्यक्तिहरु मन्त्री, प्रधानमन्त्री भए यो क्षेत्रमा एकचोटी फर्केर आउनुभयो ? भन्ने प्रश्न गर्दै दुःखसुखमा कसले साथ दिन्छन् त्यसप्रति सोच्न आग्रह गरिन् । त्यसैले आगामी निर्वाचनमा पटक–पटक पदमा पुगेर पनि काम नगर्नेहरुलाई बिदाइ गरेर स्थानीय नयाँ नेतृत्व छान्न सुझाइन् ।’ त्यसैले आगामी आमनिर्वाचनमा त्यसको लागि प्रतिनिधि सभामा आफ्नो उम्मेदवार रहेको बताइन् ।’
उनले यो क्षेत्रमा राप्रपाले जिते मात्रै धर्म, संस्कार, संस्कृतिको रक्षा र आवश्यक विकास हुनेमा जोड दिइन् । कार्याक्रममा संखरापुरका नगरप्रमुख रमेश नापित, वडा अध्यक्षहरु, राप्रपाका क्षेत्रीय अधयक्ष, उपाध्यक्ष, अग्रज नेता, कार्यकर्तालगायत सर्वसाधरणको उल्लेख्य उपस्थिति रहेको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




