प्रमुख खवर

‘कांग्रेसको संकल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी छ’

काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार सार्वजनिक गरेको पार्टीको संकल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी रहेको बताइएको छ ।

कांग्रेसले संकल्पपत्र का बारेमा विस्तृत जानकारी दिन आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा पार्टीका सहमहामन्त्री एवं घोषणापत्र तयारी समितिका सदस्य जीवन परियारले संकल्पपत्र तयारीका क्रममा भएगरेका अध्ययन तथा कार्यका बारेमा जानकारी गराएका थिए ।

उनले संकल्पपत्र तयारीका लागि पार्टीको २०१५ सालको घोषणापत्रदेखि सबै घोषणापत्र अध्ययन गरी के कति कमजोरी भए र कति कार्यान्वयन भएलगायत विषयमा अध्ययन गरिएको जानकारी गराए । उनले अहिले अहिलेको संकल्पपत्र मुलुकको वास्तविक अवस्थामा आधारित रहेर कार्यान्वयनयोग्य, यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी रहेको स्पष्ट पारे ।

यस्तै सञ्चारकर्मीका जिज्ञासा बारेमा स्पष्ट पार्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं समिति सदस्य डा स्वर्णिम वाग्लेले हाल छरिएका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गर्न संकल्पपत्रमा कोखदेखि शोकसम्म कार्यक्रम प्रस्ताव गरिएको बताए ।

जीवनका जोखिमपूर्ण चरणमा राज्यले कसरी सहयोग गर्न सक्छ भनेर नै उक्त कार्यक्रम ल्याइएको स्पष्ट पार्दै उनले साधन स्रोतको मितव्ययी परिचालन गर्न पनि यो कार्यक्रम अघि बढाइएको जानकारी गराए । यसले लोककल्याणकारी राज्यको जग बसाल्ने डा वाग्लेको भनाइ थियो ।

उनले संकल्पपत्रमा उल्लेख ऊर्जालगायतका तथ्यांक यथार्थपरक र वास्तविक भएको स्पष्ट पार्दै निजी क्षेत्रलाई उत्साही बनाउने विभिन्न कार्यक्रम रहेकोसमेत जानकारी गराए । डा वाग्लेले विसं २०४९ पछि कांग्रेसको नीतिअनुसार मुलुकमा शैक्षिक, स्वास्थ्य, आर्थिक, सामाजिक, भौतिक प्रगति र सिर्जना भएको रोजगारीको अवस्थाका बारेमा समेत जानकारी गराएको थियो ।

यसैगरी कांग्रेस केन्द्रीय सदस्य एवं समिति सदस्य प्रा डा गोविन्दराज पोखरेलले निजी क्षेत्र प्रवद्र्धन गर्न संकल्पपत्रमा केही नयाँ कुरा ल्याइएको बताए । मुलुकमा २४ घण्टा काम गर्ने वातावरण बनाउन, विद्युत् प्रसारण लाइनको सहज व्यवस्थापनलगायतका नीतिले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उनले जानकारी दिए ।

श्रम बजारको मागअनुसारको व्यवस्थाका लागि पनि आवश्यक मानवस्रोत विकासमा जोड दिइएको बताउँदै प्राडा पोखरेलले संकल्पपत्रका नीति र सिद्धान्त अति महत्वाकांक्षी नभई वास्तविकतासँग नजिक रहेको स्पष्ट पारे । समग्रमा सुशासन र आर्थिक विकास प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।

समिति सदस्य डा कृष्ण पौडेलले शिक्षा क्षेत्रको विषयमा पार्टीले संकल्पपत्रमा उल्लेख गरेका विषयमा स्पष्ट पार्दै संविधानले व्यवस्था गरेका प्रावधान लागु गर्न प्रतिबद्धता गरिएको बताए । निजी र सार्वजनिक शिक्षालाई कसरी व्यवस्थित गर्ने भनेर पार्टीले विभिन्न कार्यक्रम अघि बढाएको उल्लेख गर्दै उनले रोजगारीमूलक, व्यावसायिक र प्राविधिक शिक्षाका लागि विभिन्न नीति अवलम्बन गरिएको जानकारी दिए ।

कार्यक्रममा गेजा शर्मा वाग्लेले राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धमा र विदेश नीतिका बारेमा सहमतिको दस्तावेज बनाउनुपर्नेमा प्रस्ताव गरिएको जानकारी गराए । प्रताप पौडेलले स्वास्थ्यका विषयमा संकल्पपत्रमा उल्लेखित विषयका बारेमा स्पष्ट पार्दै स्वास्थ्य प्रणाली व्यवस्थित बनाउन अवलम्बन गरिएको एकीकृत नीतिका बारेमा जानकारी गराए ।

कोही पनि नेपाली नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भनेर सबैलाई अनिवार्य बिमामा आबद्ध गराउने तथा क्षमताअनुसार प्रिमियम तिर्नुपर्ने व्यवस्था अघि बढाएको उनले स्पष्ट पारे ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...