प्रमुख खवर

देश विकास र समृद्धिसँगै हाम्रा सेवा सुविधा स्वतः वृद्धि हुन्छ : तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश विकास र समृद्धितर्फ उन्मुख भएसँगै हाम्रा सेवा सुविधा स्वतः वृद्धि हुँदै जाने बताएका छन् ।

संसद् सेवा दिवसका अवसरमा संघीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले देशको आर्थिक अवस्थामा सुधार आएसँगै कर्मचारीका माग पनि सम्बोधन हुदै जाने विश्वास व्यक्तगरे । अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “देश विकास र समृद्धितर्फ उन्मुख भएसँगै हाम्रा सेवा सुविधा स्वतः वृद्धि हुँदै जानेछ । गाँठो अर्थमा आएर जोडिएको छ । सेवा गरेपछि सुविधा खोज्नु स्वाभाविक भए पनि जनताको अवस्था पनि हामीले बुझ्न जरुरी छ ।”

आफू कार्यरत संस्थाले प्रदान गरेको कार्य जिम्मेवारको समीक्षा गर्दै व्यहोर्नुपरेको भोगाइ, कमीकमजोरी र आगामी रणनीति अपनाउन आवश्यक रहेको बताउँदै उनले विगतका भोगाइ र आजको आवश्यकताबीचको अन्तर पहिल्याउन जरुरी रहेको उल्लेख गरे ।

पूर्वसभामुख तारानाथ रानाभाटले व्यवस्थापिका कमजोर भएमा लोकतन्त्र मात्र नभई समग्र मुलुक नै कमजोर हुने बताए । राष्ट्रियसभा विधायन समितिका पूर्वसभापति परशुराम मेघी गुरुङले कानून निर्माण गर्ने निकायले नीति र विधिको पूर्णपालना गरी अरुलाई त्यसतर्फ प्रेरित गर्न आवश्यक रहेको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सुमनराज अर्याल र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले संघीय संसद् र प्रदेशसभाबीच समन्वयको आवश्यकतामा जोड दिँदै व्यक्ति विशेष हितका लागि विधेयक ढिलाइ गर्ने तथा सदनमा प्रवेश पासका नाममा गरिएको झण्झटिलो अभ्यासलाई सुधार्न सुझाव दिए ।

सो अवसरमा प्रशासन सुधार सुझाव समिति, २०७० का संयोजक काशीराज दाहालले सरकारी सेवा सञ्चालनको सैद्धान्तिक पक्ष र संसद् सेवा तथा सचिवालयका सचिव सुदर्शन खड्काले संसद् सेवाको प्रभावकारिता स् समीक्षा र आगामी कार्यदिशा विषयको कार्यपत्र प्रस्तुत गरे ।

कार्यपत्रमा लोकतन्त्रलाई संस्थागत गर्न संसद्को भूमिकालाई परिणाममुखी बनाउन संसद् सेवाको जनशक्तिलाई सम्बद्ध विषयमा ज्ञान, सूचना र सीप विकास गरी क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको उल्लेख छ । संसद् सेवाका लागि विनियोजित बजेटको अवस्था, प्रशासनिक र कार्यगत स्वयत्तता, विज्ञता र कुशलता, कर्मचारी उत्प्रेरणा, सेवाको प्रतिष्ठाको अवस्था तथा अबको बाटो, कर्मचारीको वृत्तिपथलगायतका विषय कार्यपत्रमा समेटिएको छ ।

उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै सचिवालयका पूर्वसचिवद्वय मुकुन्द शर्मा र सोमबहादुर थापाले सिद्धान्तले मात्र संस्था नचल्ने भएकाले संसद् सेवालाई स्वावलम्बन, व्यावसायिक र प्रतिस्पर्धी बनाउने सन्दर्भमा सरकारले आवश्यक ध्यान पुर्‍याउन पर्नेमा जोड दिए ।

 

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...