प्रमुख खवर

प्रदेशको औचित्य सावित गर्ने अधिकतम कोशिस गर्छौं : मुख्यमन्त्री अधिकारी

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको औचित्य स्थापित गर्न अधिकतम कोशिस गर्ने बताएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट आज मुख्यमन्त्री नियुक्त भएपश्चात् पत्रकारसँग कुरा गर्दै उनले स्थानीय तह र केन्द्रसँग समन्वय, सहकार्य गर्दै अघि बढ्ने बताए ।

“समृद्ध गण्डकी, समुन्नत गण्डकी र सुखी गण्डकीका जनता बनाउने कोशिसमा रहनेछौँ”, उनले भने। यो जिम्मेवारी असाधारण रहेको र परिस्थितिलाई सामान्य बनाउने भन्दै उनले राजनीतिक दलबीच सहमति, सहकार्य गर्दै अघि बढ्ने बताए । मुख्यमन्त्री अधिकारीले मन्त्रिमण्डल सानो हुने संकेत गरे ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुखले गत पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेकामा अधिकारीले ३३ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)को उनलाई समर्थन छ । चुनावपछि एकीकृत समाजवादीमा प्रवेश गरे पनि राजीव गुरुङले स्वतन्त्र सांसदकैरुपमा अधिकारीलाई समर्थन गरेका हुन् ।

एमाले स्थायी कमिटी सदस्य एवं संगठन  विभाग प्रमुखसमेत रहेका अधिकारीले कास्की निर्वाचन क्षेत्र १(१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । मुख्यमन्त्री अधिकारीलाई आजै प्रदेश प्रमुख गुरुङले शपथ ग्रहण गराउने कार्यक्रम छ ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...