सिस्ने गाउँपालिकाद्वारा कृषि र गैरकृषि भूमि वर्गीकरण
काठमाडौं । रुकुम (पूर्व)को सिस्ने गाउँपालिकाले पालिकाभित्र रहेका भूमिलाई कृषि र गैरकृषि गरी २ भागमा वर्गीकरण गरेको छ ।
गाउँपालिकाको स्थानीय भू-उपयोग परिषद्को माघ ३ मा बसेको बैठकबाट भू-उपयोग ऐन २०७६ र भू-उपयोग नियमावली २०७९ बमोजिम ४ किल्लासहित कृषि क्षेत्र र अन्य क्षेत्रलाई गैरकृषि क्षेत्रमा वर्गीकरण गरिएको हो ।
पालिकामा रहेका आठवटै वडाका भू–वर्गीकरण गरी कृषिक्षेत्र र गैरकृर्षि क्षेत्रमा वर्गीकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहले जानकारी दिए ।
उहाँका अनुसार सिस्ने गाउँपालिकाको वडा नं १ अन्तर्गतको पोढलगैरा, बासिपधेरा, बरापुनी, ठूलागैरा, उदानब, रतुमारे, पाग, स्यालखोला, झरसादि, टाढार, दमार, कुलाक्षेत्र र फुलचाउलेलाई कृषि क्षेत्रका रुपमा वर्गीकरण गरिएको छ ।
त्यस्तै वडा नं २ को छिपखोला, किदा, प्वाङ, रङ्गेनी, लैपा, तुवाङ, कुचिवाङ कुरिपाटी, दत्कुना र सुद्रि क्षेत्रको पनि भू-वर्गीकरण गरिएको छ । त्यस्तै वडा नं ३ मा मूलपानी, लेख, घारिपागाको भूभागलाई कृषि क्षेत्रमा वर्गीकरण गरिएको छ । वडा नं ४ वडामा औलाचौर, दादिङ, रातामाटा र काडाँटोललाई कृषि क्षेत्रमा विभाजन गर्दा वडा नं ५ को धाउने क्षेत्रलाई अद्यौगिक क्षेत्रको रुपमा वर्गीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहले बताए ।
सिस्ने ५ कै औलाबाङ, टापुखेत, रुलिखोला, सिमखेत, तल्लो ह्याप्ला, सिमलबोट, काफलधारा, पासरखेत, चोताबारी, तामाघारी तथा वडा नं ६ को लुस्पा, सेराखेत, कुत्मा सानीपनेरी, वडा नं ७ को नाथिगाड, सान्चौर र चिसापनि, वडा नं ८ को राजखेत, खरमखोला र जलाले क्षेत्रलाई कृषि क्षेत्रको रुपमा वर्गीकरण गरिएको सिस्ने गाउँपालिकाले जानकारी दिएको छ ।
सिस्ने जिल्लामा भू-वर्गीकरण गर्ने पहिलो पालिकासमेत बनेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मङ्सिर २३ गतेसम्म देशभरका पालिकालाई जग्गाको वर्गीकरण गर्नको लागि समयसीमा दिए तापनि जिल्लामा कुनै पलिकाले अहिलेसम्म वर्गीकरण गर्नसकेका थिएनन् । यसले गर्दा जग्गाको कित्ताकाट पनि रोकिएको थियो । जसकारण राजस्व संकलनदेखि जग्गाको कारोबारमा प्रत्यक्ष असर परेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिले बताए ।
गाउँपालिकाले गरेको जग्गा वर्गीकरणमा कसैको दाबी, विरोध भएको खण्डमा सम्बन्धित वडाध्यक्ष तथा सिस्ने गाउँपालिकाको भू–उपयोग परिषद्मा दाबी, विरोध र सुझाव दिन अध्यक्ष रेग्मीले आग्रह गरेका छन् ।
कृषियोग्य जग्गाको संरक्षण, खण्डीकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत् कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति, दिगो पूर्वाधार विकास, व्यवस्थित सहरीकरण र सुरक्षित आवास, प्राकृतिक स्रोतसाधनको समुचित व्यवस्थापन, विपद् जोखिम न्यूनीकरणलगायत उद्देश्य राखी नेपाल सरकारले भूउपयोग नीति २०७२ पनि जारी गरिसकेको छ ।
हाल नेपाल सरकारबाट भूउपयोग नियमावली २०७९ लागू भइरहेकोले उक्त नीति, ऐन तथा नियममा स्थानीय तहलाई भूमिको वर्गीकरण, भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने अधिकार तोकिएकाले मन्त्रालयले परिपत्र गरेको थियो ।
ताजा अपडेट
-
१.
रास्वपाले जेल नफोडेको रविको निष्कर्ष, भीडले ठेलेर बाहिर निस्केको दाबी
-
२.
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
-
३.
असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री
-
४.
निर्वाचनमा असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्छ : अर्जुननरसिंह केसी
-
५.
बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै, विशेष धार्मिक समारोहको तयारी
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




