वसन्त पञ्चमीको पूर्वसन्ध्यामा नेस्ट मेन्टेश्वरी चिल्ड्रेन हाउसका विद्यार्थीको स्वास्थ्य परीक्षण
काठमाडौं । ललितपुरको धापाखेलमा रहेको नेस्ट मेन्टेश्वरी चिल्ड्रेन हाउसले विद्यार्थीहरुको लागि स्वास्थ्य परीक्षण गरेको छ । वसन्त पञ्चमीको पूर्व सन्ध्या मन्टेश्वरीले स्वास्थ्य परीक्षण गरेको हो ।

साना बच्चाहरूको शैक्षिक विकाससँगै शारीरिक र मानसिक स्वास्थ्यमा पनि ध्यान दिने उद्देश्यले स्वास्थ्य परीक्षण गरिएको प्रिन्सिपल अनुराधा श्रेष्ठले जानकारी दिइन् । ‘बच्चाहरु बिरामी भएपछि मात्रै स्वास्थ्य परीक्षण गर्ने प्रचलन बढी छ, जुन गलत हो । समय समयमा स्वास्थ्य परीक्षण गरी बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आवश्यक छ,’ उनले भनिन् ।

बच्चाको जीवनको प्रारम्भिक सिकाइ चरणहरूमा हुन सक्ने स्वास्थ्य समस्याहरूको बारेमा मन्टेश्वरी सचेत रहेको समेत श्रेष्ठले बताइन् । डा. श्रीराम प्रसाद शाहले बच्चाहरुको स्वास्थ्य परीक्षण गरेका हुन् । मन्टेश्वरीले समय समयमा बच्चाहरुको स्वास्थ्य परीक्षण गराउनु सकारात्मक काम रहेको डा. शाहले बताए ।
मन्टेश्वरीले स्वास्थ्य परीक्षणसँगै सचेतनामूलक कार्यक्रमसमेत सम्पन्न गरेको छ । अभिभावकहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो । साना बाबु र नानी दुवैले अध्ययनको लागि राम्रो वातावरणसँगै समान अधिकार पाउनुपर्नेमा उक्त अवसरमा जोड दिइएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिइन् । ‘बच्चाहरुमा लैंगिक विभेद हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो,’ उनले भनिन् ।
ताजा अपडेट
-
१.
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै
-
२.
मध्यपूर्वमा सैन्य गतिविधिहरू तुरुन्त रोक्न आह्वान गर्ने प्रश्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित गर्न असफल
-
३.
प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी
-
४.
काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत
-
५.
आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




