संसदमा नयाँ सांसद्को उपस्थिति उत्साहजनक देखिएन : गृहमन्त्री लामिछाने
काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नयाँ आशा र उमंग बोकेर संसदमा आएका सांसद्को उपस्थिति उत्साहजनक नदेखिएको बताएका छन् ।
मंगलबार संसदमा बोल्दै गृहमन्त्री लामिछानेले उक्त कुरा बताएका हुन् । उनले भने, ‘नयाँ आशा र उमङ्ग बोकेर संसदमा आएका हामीलाई संसद्को उपस्थिति उत्साहजनक देखिएको छैन। बहसलाई विषय केन्द्रित बनाइएन भने सांसदहरूको कुरा सुन्न जनतालाई उत्साह हुने छैन ।’
त्यस्तै, उनले राज्यका संरचनामा प्रणालीगत सुधार आवश्यक रहेको बताएका । साथै उनले जिल्लामा प्रमुख जिल्ला अधिकारी र डिएसपीमा आफ्नो मान्छे सिफारिस गर्ने काम छोडेर प्रणाली सुधारमा सघाउन समेत संसद्हरुलाई आग्रह गरेका छन् ।
लामिछानेले संसद्को बहस पट्यारलाग्दो भएको भन्दै विषयमा केन्द्रित हुन पनि सांसदहरूलाई सुझाव दिएका छन्। लामिछानेले गृह प्रशासनमा केही दिनभित्रै परिणाम देखिने दाबी समेत गरेका छन्।
ताजा अपडेट
-
१.
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
-
२.
असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री
-
३.
निर्वाचनमा असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्छ : अर्जुननरसिंह केसी
-
४.
बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै, विशेष धार्मिक समारोहको तयारी
-
५.
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




