प्रदेश

वाग्मती प्रदेशका मन्त्रालय घटाएर ११ बनाउन सुझाब

काठमाडौं । वाग्मती प्रदेशमा मन्त्रालय घटाएर ११ बनाउन सुझाब दिइएको छ ।

वाग्मतीका मुख्यमन्त्री शालिकराम जमकटेलले मुख्यमन्त्रीमा नियुक्त भएसँगै मन्त्रालय घटाउने बताएका थिए । सोही अनुसार उनले समिति गठन गरेर प्रतिवेदन पेस गर्न निर्देशन नै दिएका थिए ।

मुख्य मन्त्रीको निर्देशन अनुुसार प्रदेशका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाको नेतृत्वमा बनेको समितिले आज प्रतिवेदन पेश गरेको छ । उक्त समितिले आज पेस गरेको प्रतिवेदनमा ११ वटा मन्त्रालय राख्न उपयुक्त हुने राय दिएका छन् ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता गठबन्धनको भागबन्डा मिलाउन मन्त्रालयको संख्या १४ वटा पुर्याएका थिए ।

 

सम्बन्धित समाचार

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्‍यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...