प्रमुख खवर

भृकुटी मण्डप सानो चौरमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’

काठमाडौं । जुत्ता चप्पल कम्पनीहरुको संयुक्त आयोजनामा काठमाडौंको भृकुटी मण्डपस्थित सानो चौरमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ आयोजना गरिएको छ । मेला माघ महिनाभर जारी रहने आयोजकको भनाई छ ।

मेलामा हाइलाइफ, बाम्बो, वान वर्ल्ड, शिखर, फुट स्टेप, प्राइड, बोस, हिमानी सुज र भेनसलगायतका ब्राण्डको सहभागिता छ । भारी छुटका साथ मेलामा जुत्ता चप्पल बिक्री भइरहेको आयोजकको भनाइ छ ।

‘५० प्रतिशतसम्मको छुटमा जुत्ता चप्पल बिक्री वितरण गरिरहेका छौं,’ आयोजक मध्येका एक व्यवसायी सबिन कार्कीले भने, ‘मेलामा आएर जुत्ता चप्पल खरिद गर्ने ग्राहकले विशेष लाभ लिन सक्नुहुनेछ ।’

एउटै थलोमा धेरै ब्राण्डका जुत्ता चप्पल ग्राहकले आफ्नो आवश्यकता अनुसार छानेर खरिद गर्ने अवसर मेलामा मिल्ने अर्का व्यवसायी गंगा श्रेष्ठले बताए ।

‘ग्राहकले आफ्नो आवश्यकता अनुसारका ब्राण्डको जुत्ता चप्पल मेलामा खरिद गर्ने अवसर प्राप्त हुन्छ,’ उनले भने । मेलामा आएर जुत्ता चप्पल खरिद गरी लाभ लिन पनि आयोजकले सर्वसाधरण ग्राहकमा आग्रह गरेको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...