नेपालको उद्योग क्षेत्रको समस्या समाधान गर्न सरकार प्रयासरत छ : उद्योगमन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको उद्योग र व्यवसायीक क्षेत्रमा परेको समस्या समाधान गर्न प्रयास गरिने बताएका छन् ।
आजदेखि भृकुटीमण्डपमा आयोजित ‘नेपाल वूड इन्टरनेश्नल एक्स्पो’ को उद्घाटन गर्दै मन्त्री भण्डारीले सो कुरा बताएका हुन् । भण्डारीले नेपाल सरकारले व्यवसायी आचार्यको आत्मदाहबारे छानबिन गरिरहेको समेत बताए ।
सरकार आचार्यको घटनालाई आधार मानेर नेपालको औद्योगिक र व्यवसायीक क्षेत्रमा रहेको समस्यालाई समाधान गर्ने प्रयासमा लागि परेको समेत बताए ।
भण्डारीले भने, ‘व्यवसायी आचार्यको आत्मदाहले धेरै पाठ सिकाइरहेको छ । यसबापत छानबिन भइरहेको छ । र, यसको गहिराइमा गएर नेपालको उद्योग र व्यवसायीक क्षेत्रमा परेको समस्या समाधान गर्न प्रयास गरिने छ ’ ।
आजको दिनमा व्यवसाय सञ्चालन गरेबापत व्यवसायीलाई गलत गरेकी भन्ने पर्ने गरेको र यो अवस्थालाई परिवर्तन गरेर व्यावसायिक र औद्योगिक वातावरण बनाउनुपर्ने भण्डारीको जोड छ ।
भण्डारीले थप गर्दै भने, ‘नेपालको व्यवसायीक क्षेत्रमा भूकम्प लगायतका अन्य कारणले पनि समस्याग्रस्त बनेको छ । नेपालको अर्थतन्त्र आज जुन अवस्थामा छ । व्यापार घाटा जसरी चुलियो र नेपालको जनशक्ति जसरी बाहिरियो, त्यसलाई खोज्छौँ । सरकारको प्राथमिकतामा राख्दै बैंकको ऋणलाई व्यवस्थित गर्ने विषय लगायतका विषयलाई व्यवस्थित गर्ने प्रयासमा सरकार छ ।’
ताजा अपडेट
-
१.
बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै, विशेष धार्मिक समारोहको तयारी
-
२.
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
-
३.
रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन
-
४.
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
-
५.
उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछः कुलमान घिसिङ
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




