बागलुङमा ५२ वर्षीय पुरुषले गरे आत्मदाहको प्रयास
काठमाडौं । पछिल्लो समयमा आत्मदाहाको घटना बढ्दै गइरहेको अवस्थामा बागलुङ जिल्लाका एक पुरुषले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।
आत्मदाहको प्रयास गर्ने ५२ वर्षीय शेर बहादुर जिसी बागलुङ नगरपालिका-८ सिगानाका रहेका छन् ।जिसीको घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकीले जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
जिसीले शरीरमा आगो लगाउँदा अनुहार लगायत विभिन्न अङ्गमा जलेको प्रहरीले बताएका छन् । जिसीको धौलागिरि अस्पतालमा सामान्य उपचारपछि पोखरा रेफर गर्न थालिएको सूचना अधिकारी प्रहरीको । उनको अवस्था गम्भीर रहेको बताइएको छ। पछिल्लो समयमा आत्मदहको घटना बढ्न थालेका छन् ।
माघ महिनामा नै काठमाडौंको संसद भवन अगाडी एक युवकले आत्मदाह गरेका थिए । त्यसको लगतै पोखरामा एक युवकले बाथरुममा आत्मदाहको प्रयास गरेका थिए भने आज बागलुङमा ५२ वर्षीय पुरूषले आत्मदहको प्रयास गरेका छन् ।
त्यसैगरी, आत्महत्या पनि देशमा पछिल्लो समयमा बढ्दै गएको छ । देशको अवस्था र केही गर्ने विकल्प नहुँदा आर्थिक ऋणको बोझ खेपन नसकेर धेरै जसो युवाले पछिल्लो सययमा आत्महत्या र आत्मदाह गर्दै आएका छन् ।
ताजा अपडेट
-
१.
बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै, विशेष धार्मिक समारोहको तयारी
-
२.
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
-
३.
रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन
-
४.
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
-
५.
उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछः कुलमान घिसिङ
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




