लायन्स डिष्ट्रिक्ट ३२५ ‘एम’ को पहिलो कन्भेन्सन चैत्र २५ गते शनिबार

काठमाडौं । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’ को चैत अन्तिम साता हुने भएको छ । डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलले शुक्रबार आयोजित एक कार्यक्रमबीच कन्भेन्सन मिति घोषणा गरेका हुन् । आगामी चैत २५ गते शनिवार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा कन्भेन्सन गरी आगामी वर्षको नेतृत्व चयन गर्ने कार्यक्रम रहेको गभर्नर पौडेलले जानकारी दिए ।
पोखरा महानगरपालिकाका प्रमुख तथा पिडिजी धनराज आचार्यको प्रमुख आतिथ्यतामा आयोजित कन्भेन्सन कल कार्यक्रममा बोल्दै गभर्नर पौडेलले सामाजिक क्षेत्रमा डिष्ट्रिक्टले महत्वपूर्ण योगदान पुर्याउन सफल रहेको बताए ।

लायन्स क्लब अफ काठमाडौं लुम्बिनीले कन्भेन्सको होस्ट गर्ने क्याबिनेट सेक्रेटरी रत्न पराजुलीले जानकारी दिए ।
लायन वर्ष २०२२/२३ मा फस्ट भाइस गभर्नर रहेका भीमलाल पौड्याल आगामी वर्षका लागि कन्भेन्सनबाट गभर्नर चयन हुनेछन् भने यो वर्ष सेकेण्ड भाइस गभर्नर रहेका चण्डीप्रसाद अर्याल कन्भेन्सनबाट फस्ट भाइस गभर्नर चयन हुनेछन् । चिफ एडभाइजर धनीराम बराल आगामी वर्षका लागि सेकेण्ड भाइस गभर्नरको अफिसियल उम्मेदवार हुने बताइएको छ ।
ताजा अपडेट
-
१.
बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै, विशेष धार्मिक समारोहको तयारी
-
२.
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
-
३.
रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन
-
४.
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
-
५.
उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछः कुलमान घिसिङ
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




