प्रमुख खवर

मेलम्चीको पानी काठमाडौंबासीले बाह्रै महिना खान पाउँछन् : मन्त्री खान

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले बजेट वक्तव्यमार्फत भंग गरिएको मेलम्ची खानेपानी विकास समितिमा देखिएको नीतिगत समस्यालाई हल गर्दै कर्मचारीहरुको समस्यालाई पनि सम्बोधन गरिने बताएका छन् ।

बाह्रै महिना मेलम्चीको पानी काठमाडौंबासीले खान पाउनेगरी काम अगाडि बढाउने पनि मन्त्री खानले बताए । मन्त्री खानले शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल निरीक्षणका लागि पुगेका थिए ।

मन्त्री खानले आयोजना नियमित संचालनको लागि लाग्ने खर्च र प्राविधिक कुराबारे आवश्यक छलफल गरी फास्टट्रयाकमा काम गरिने बताए । सोही क्रममा मन्त्री खानले स्थनीयबासीहरुबाट उठेका मागलाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए ।

त्यस्तै, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्ची खानेपानी आयोजनामा हालसम्म भएको लगानी २०७८ असारमा गएको बाढीले पुर्‍याएको क्षति र नियमित आयोजनामा संचालनको लागि गर्नुपर्ने कामहरुका विषयमा समेत बिस्तृत जानकारी दिए । श्रेष्ठले खानेपानी समिति नहुँदा तलब, मर्मत र महत्वपूर्ण निर्णय गर्न समस्या भएको बताए ।

२०७८ असार १ र साउन १७ गतेको मेलम्ची बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब दुई अर्बको क्षति पुगेको पूर्वानुमान गरिएको छ । आयोजनाको मुहान स्थलमा निर्माण भएकोे पक्की संरचनाहरु पक्की बाँध, गेट, जेनेरेटर घर, कन्ट्रोल हाउस पुरिनुका साथै निर्माण सामग्री र निर्माण उपकरणहरु र कन्ट्रयाक्टर लेबर क्याम्प समेत बगाएको थियो ।

आयोजना निरीक्षणका क्रममा मन्त्री खान सहित खानेपानी सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक श्रेष्ठ विभिन्न क्षेत्रको विज्ञ टोली लगायत मुहान स्थल पुगेका थिए ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...