उच्च अदालत दिपायलद्वारा सांसद चौधरीको मुद्दामा कारण देखाउ आदेश जारी
काठमाडौं । उच्च अदालत दिपायलले जेल चलान भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीको पुनरावलोकन निवेदनमा सुनुवाइमा कारण देखाउ आदेश जारी दिएको छ ।
उच्च अदालतका न्यायाधीश अर्जुन प्रसाद कोइरालाको इजलासले चौधरीलाई जेल चलान गर्नुको कारणसहित जवाफ दिन विपक्षी कैलाली जिल्ला अदालत समेतका नाममा आदेश जारी गरेको हो।
यस्तै, निवेदनमा माग गरिएअनुसार अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश पनि अदालतले गरेको छ।
बिहीबार पक्राउ परेका उनलाई कैलाली जिल्ला अदालतले शुक्रबार चेल चलान गरेको थियो ।आफूलाई दोषी ठहर गर्ने फैसला बदर हुनुपर्ने र आफूलाई रिहा गरिनुपर्ने मागदाबीसहित चौधरी पक्षले उच्च अदालत दिपायलयमा पुनरावलोकन निवेदन दिएका थिए ।
कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए। उनी लगायत ३ जनालाई कैलाली जिल्ला अदालतले बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो।
सार्वजनिक सम्पत्ति (ट्र्याक्टर)मा आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएका चौधरीलाई प्रहरीले बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




