सरकारले नेपाली सफ्टवेयरलाई प्राथमिकता दिन सकेन : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म कुनै पनि क्षेत्रको विकास हुन सम्भव नरहेको बताएका छन् ।साथै, सरकारले नेपाली इन्जिनियरहरूले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको बताएका छन् ।
मंगलबारबाट शुरु भएको क्यान इन्फोटेक २०२३ कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले सरकारले नेपाली इन्जिनियरहरूले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको बताएका हुन् ।
उनले भने, ‘नेपाल आइटी सेक्टर वा डिजिटलाइट क्षेत्रमा धेरै अघि बढेको छ। नेपाली आइटी इन्जिनियरहरूले तयार गरेको कतिपय सफ्टवेयर, डिजिटल गर्ने कुराले हामी विश्वको कुनै पनि विदेशी आइटी कम्पनीको तुलनामा नेपालको आइटी प्रोफेसनलहरू कमी छ भन्ने मलाई लाग्दैन। हाम्रो जीवनमा आउन सक्ने प्रविधिको हिसाबले कताकता हामी नेपाली प्रविधिलाई अहिले प्राथमिकता नदिएको हो कि भन्ने मलाई लाग्छ ।’
उनले नेपाल प्रविधि तथा डिजिटलाइट क्षेत्रमा धेरै अघि बढे पनि नेपाली इन्जिनियरहरूले बनाएका प्रविधि विदेशीको तुलनामा कम नरहेको बताए।
उनले थपे, ‘ नेपाली प्रोडक्टमा १५ प्रतिशतसम्म हामी बढी मूल्य दिन सक्ने भन्ने किसिमको नीति रहेको छ । त्यसैअनुरूप सरकारले प्रविधि उत्पादनलाई आन्तरिक उत्पादनलाई प्राथमिकता दिनुपर्छ। सरकारले जबसम्म नेपाली उत्पादन, सफ्टवेयर र प्रविधिलाई सरकारका हरेक निकायले प्राथमिकता दिएर अघि बढाउने प्रयास गर्दैनन् तबसम्म यो क्षेत्रले फड्को मार्दैन।’
उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीतिअनुसार नै नेपालमा उत्पादित प्रविधिलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताए । साथै उनले नेपालले प्रविधिको क्षेत्रमा विश्वका जुनसुकै देशसँग पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको बताए।
ताजा अपडेट
-
१.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
२.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
३.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
४.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
-
५.
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




