प्रमुख खवर

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्।

उनले बुधबार एक सूचनामार्फत राष्ट्रियसभा उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकाले पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन पार्टी सदस्यता र सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।

नेकपा माओवादी केन्द्रकी अर्याल गत सोमबार राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्।

उनको मात्रै उम्मेदवारी परेको भन्दै सोमबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...