प्रमुख खवर

साेमबार भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

काठमाडौं । छिमेकी राष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेको मन्त्रालयले जनाएको हो ।पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुने मन्त्रालयले विज्ञप्ति जनाएको छ ।

क्वात्राले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री बिमला राई पौड्याल लगायतका उच्च पदाधिकारीसँग भेट्ने कार्यक्रम छ ।

नेपालका लागि भारतको पुर्व राजदूत समेत रहेका क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो समेत दिने श्रोतले जनाएको छ ।परराष्ट्र मन्त्रालयले विज्ञप्ति आज शुक्रबार निकालेको विज्ञप्तिमा फागुन १ गते सोमबार नेपाल आउने र क्वात्रा मंगलबार भारत फर्कने उल्लेख गरेकाे छ ।

 

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...