मुख्य समाचार

म्याट्रेसमा विदेशी भन्दा ‘क्लासिक’ ब्राण्ड लोकप्रिय हुनु गौरवको विषय

अदिती श्रेष्ठले विद्यालय शिक्षापछि युलेन्स स्कुलबाट दशजोड दुईसम्मको अध्ययन सकिन् । त्यसपछि उच्च शिक्षाको लागि उनको गन्तव्य बन्यो अष्ट्रेलिया । उच्च शिक्षाको लागि उत्कृष्ट गन्तव्य बनेको अष्ट्रेलिया पढाईसँगै आधुनिक युगलाई जान्ने बुझने अवसर पनि थियो । त्यसले पनि उनले यो ठाउँ रोजिन् र अष्ट्रेलियाको अग्रणी बिजनेस स्कुल ‘म्याक्वेरी युनिभर्सिटी’ सिड्नीबाट उनले सन् २०२१ मा ब्याचलर अफ बिजनेस एडमिनिष्ट्रेसन (बिबिए) अध्ययन पुरा गरिन् । जागिरको अनुभवसहित अध्ययन पुरा गरिन् ।

त्यहाँ थुप्रै अवसर नपाएकी होइनन् । तर, उनलाई आफ्नै देशमा फर्किएर परिवारले सुरु गरेको व्यवसायमा संलग्न हुने र यसलाई बेग्लै अनुभवसहित नयाँ उचाईमा पुरयाउने सोच थियो । संसारभर कोभिड महामारी उत्कर्षमा पुगेको यो समयलाई उनले चुनौतीको रुपमा लिइन् तर पछाडि हटिनन् । स्वदेश फर्किएर क्लासिक इन्डष्ट्रिजलाई आकर्षक ढंगले नयाँ उचाईंमा पुर्याउने दृढ अठोट लिइन् ।

२०२१ अगष्टबाट कम्पनीको मार्केटिङ डाइरेक्टरको जिम्मेवारीसँगै उनको नयाँ यात्रा सुरु भयो । ‘विदेशमा बसेको भए मैले थुप्रै अवसरहरु नपाएको होइन् । तर, मलाई आफ्नै देशमा आएर केही गर्ने सोच थियो, त्यही हुटहुटी र उत्साहले मेरो मन त्यहाँ बस्न मानेन र फर्किए स्वदेशमै,’ उनले भनिन् । बुबा भरतकुमार श्रेष्ठले सन् १९९० मा सुरु गरेको क्लासिक इन्डष्ट्रिजलाई उनले अहिले नयाँनयाँ भिजनसहित नेतृत्व प्रदान गरिरहेकी छन् । बुबाले सानो लगानीबाट सुरु गरेको यो उद्योग अहिले विस्तार र वृहत हुँदै गएको छ । उनको ध्यान दिनरात वा भनौ अहोरात्र यो कम्पनीलाई कसरी अझै अब्बल र उत्कृष्ट बनाउने भन्ने नै छ । त्यसैको परिणामा क्लासिक ब्राण्डलाई थप परिचित र प्रभावकारी बनाउँदै उनी कम्पनीको काममा सक्रिय बनेकी छन् ।

सुरुमा सिरक र सिरानी उत्पादनबाट कम्पनीले व्यवसाय सुरु गरेको थियो । जुन उद्योग दक्षिण एसियाकै पहिलो स्प्रिङ म्याट्रेस उत्पादन गर्ने कम्पनी हो । अहिले स्प्रिङमा बोन्नेल स्प्रिङ र पकेट स्प्रिङ म्याट्रेस उत्पादन उद्योगमा भइरहेको छ । बोन्नेल स्प्रिङ सुरुबाटै उत्पादन हुँदै आइरहेको हो । पकेट स्प्रिङ उत्पादन थालेको पाँच वर्ष भयो । कम्पनीले १० वर्षदेखि क्वायरको म्याट्रेस उत्पादन गरिरहेको छ ।

कम्पनीले सिरक, सिरानी, बेडसिट, होटल रेन्जको प्रडक्टहरु, बाथरुमको रगहरु, रुमको कार्पेट उत्पादन पनि सुरु गरिसकेको छ । फोमको युनिट सुरु भइसकेको छ । फोमको व्यावसायिक सुरुवात गर्ने तयारीमा कम्पनी छ । ‘हामी कम्प्लिट बेड सोलुसनको अवधारणाबाट अगाडि बढेका छौं,’ उनले भनिन् । होटल, रिसोर्ट, घरमा आवश्यक बेड, म्याट्रेस लगायतका सेवा उपलब्ध गराउन कम्पनी सफल छ । यसको म्याट्रेस उद्योग बाराको सिमरामा छ । उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी सयौं जनाले रोजगारी पाइरहेका छन् ।

म्याट्रेसमा २० वटा रेन्ज

म्याट्रेसको मूल्य ५ हजार रुपैयाँदेखि १ लाख २० हजार रुपैयाँसम्म तोकिएको छ । ‘सबै खालका ग्राहकलाई लक्षित गरी हामीले म्याट्रेस उत्पादन गरिरहेका छौं,’ उनले भनिन् । कम्पनीले २० भन्दा बढी रेन्जका म्याट्रेसहरु बजारमा उपलब्ध गराएको छ । ‘ग्राहकले आफ्नो आवश्यकता र क्षमता अनुसारको म्याट्रेस खरिद गरी प्रयोग गर्न सक्छन्,’ उनले भनिन् ।

कम्पनीले काठमाडौंको गैरीधारामा आधुनिक शोरुम स्थापना गरेको छ । ५ हजार ८ सय स्क्वायर फिटमा तयार भएको शोरुममा कम्पनीका सबै उत्पादनहरु बिक्री तथा प्रदर्शनमा राखिनेछन् । यस अगाडि बाँसबारीमा रहेको कर्पोरेट कार्यालय पनि गैरीधाराबाटै सञ्चालन हुनेछ ।

कम्पनीले क्वायर म्याट्रेस भारतमा समेत निर्यात गर्दै आइरहेको छ । चारवर्षदेखि भारतका विभिन्न ठाउँमा र ६ महिनादेखि चीनमा म्याट्रेस निर्यात हुँदै आइरहेको छ । म्याट्रेस निर्यात गरेर अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली प्रडक्टले प्रतिस्पर्धा गर्न सक्छ भन्ने उदाहरण कम्पनीले पेश गर्नु सुखद भएको उनको भनाइ छ । पहिलो चरणमा भारत र चीनमा निर्यात गरिएको र आगामी दिनमा अन्य देशमा पनि निर्यात गर्न अध्ययन भइरहेको श्रेष्ठले जानकारी दिइन् । विशेष गरी मध्यपूर्वका देशहरुमा निर्यात गर्ने योजना रहेको उनले सुनाइन् ।

फर्निचर उद्योग

क्लासिक इन्डष्ट्रिजले फर्निचर उद्योग पनि सुरु गरिसकेको छ । पर्सामा म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गरी फर्निचर उत्पादनको काम सुरु भएको हो । आगामी दशैं अगाडि नै फर्निचर उत्पादनहरु बजारमा ल्याउने उद्योगको तयारी छ । अन्तर्राष्ट्रियस्तरका आधुनिक फर्निचर उत्पादन गर्नेगरी उद्योगमा मेसिनहरु सेट भइसकेका छन् ।

फर्निचरमा कम्प्लिट सोलुसन दिने उद्योगको रणनीति छ । बिगत ३५ वर्षदेखिको बजार नेटवर्क भएकाले फर्निचरको मार्केटिङमा उद्योगलाई सजिलो हुनेछ । म्याट्रेस बिक्री गर्ने १८ वटा डिष्ट्रिव्युटर्स र हजार भन्दा बढी रिटेलरहरुसँगकै सहकार्यमा फर्निचरलाई बजारीकरण गर्ने कम्पनीको योजना छ ।

कार्पेट उत्पादनमा पनि अग्रसर

कम्पनीले कार्पेट उत्पादन पनि सुरु गरिसकेको छ । लगानी बढाउने क्रममा कम्पनीले अदिरा फ्लोअर्स प्रालिमार्फत कार्पेट उत्पादन सुरु गरेको हो । पर्सामा उद्योग स्थापना गरी साउनबाट कार्पेट उत्पादन सुरु भइसकेको श्रेष्ठले जानकारी दिइन् ।

‘हामी कम्प्लिट बेड सोलुसनको अवधारणाबाट अगाडि बढेका छौं । कार्पेटलाई विश्वभर विस्तार, फर्निचर तथा म्याट्रेसलाई भारत र चीन निर्यात गर्ने योजना छ ।’

कम्पनीमा पहिलो चरणमा १ एमएम र एक दशमलव पाँच एमएमको कार्पेट उत्पादन सुरु गरेको छ । आगामी दिनमा कार्पेटको रेन्ज बढाउने कम्पनीको तयारी छ । कम्पनीले प्रिमियम रेन्जको प्रडक्ट उत्पादन गरेको छ । ‘भविष्यमा लो रेन्जको प्रडक्ट पनि आउनेछ,’ उनले भनिन् । कार्पेट बिक्री वितरणका लागि पनि म्याट्रेसकै नेटवर्क प्रयोग हुनेछ । फर्निचर र कार्पेट विदेशमा समेत निर्यात गर्ने कम्पनीको योजना छ । कार्पेटलाई विश्वभर विस्तार गर्ने र फर्निचर तथा म्याट्रेसलाई भारत र चीनमा लक्षित गरी निर्यात गर्ने योजना श्रेष्ठले सुनाइन् ।

स्वदेशी ब्राण्डलाई लोकप्रिय बनाउन सफल

स्वदेशी ब्राण्डलाई देशभर लोकप्रिय बनाउन आफूहरु सफल भएको र विदेशी ब्राण्डको मागलाई घटाउन सहयोग पुगेको कम्पनीको दावी छ । राज्यले पनि स्वदेशी ब्राण्डलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । म्याट्रेसमा विदेशी ब्राण्ड भन्दा पनि क्लासिक ब्राण्ड लोकप्रिय हुनु गौरवको विषयमा भएको उनी बताउँछिन् ।

‘म्याट्रेसको बजारमा नेपालमा क्लासिक अग्रस्थानमा छ,’ उनले भनिन् । कम्पनीले आवश्यक कच्चा पदार्थ कोरिया, ताइवान, चीन, भारतबाट ल्याउछ भने केही नेपाली कच्चा पदार्थ नै प्रयोग गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

काठमाडौं  नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...

पीएम कप : गण्डकीमाथि बागमती विजयी

पीएम कप : गण्डकीमाथि बागमती विजयी

काठमाडौं।  बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...

आमाको नामबाट तीन हजारले लिए नागरिकता

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...