प्रमुख खवर
१९ पुष २०८१ २२:५८
खबर सेवा · More from author
युएईमा अलपत्र युवकलाई सरोकार केन्द्रद्वारा सकुशल उद्दार।
खबर सेवा
काठमाडौ : मिति २०८१/०९/१९ गते नुवाकोट घर भएका हरिशरण लामा बिगत ३ महिना देखि युएई को सारजामा अलपत्र परेकोमा आज “सरोकार केन्द्र“ ले उद्दार गरि नेपाल ल्याउन सफल भएको छ।सरोकार केन्द्र का अध्यक्ष पुर्ब डिएसपी हाल अधिबक्ता गोविन्द पन्थी का अनुसार हरिसरण कामको खोजिमा एक दलाल मार्फत मेनपावर मा ३ लाख रकम बुझाएर १२०० रियाल पाउने सम्झौता गरि गएकोमा भने अनुसारको काम र तलब नपाएपछि आफुले कम्पनीमा काम गर्न नसक्ने बताउदा साथ कम्पनीले उनलाई जबर्जस्ति निकालेको थियो र ९ दिन सडकमा अलपत्र भएका थिए।त्यसपछि उनी दुबईमा रहेका मिस्टर गुरुङ सङ्ग सम्पर्कमा गएका र दुबईमा रहेर ब्याबसाय गरिरहेका हेमराज मैनालीले नेपालमा महेन्द्र मैनाली सङ्ग समन्वय पश्चात् महेन्द्र मैनालीले हरिशरणलाई पठाएको मेनपावर लाई पटक–पटक उद्दार गर्न आग्रह गर्दा बेवास्ता गरे पश्चात् सरोकार केन्द्र सङ्ग समन्वय गरेको र सबैले रकम जोहो गरि दूतावास सङ्ग समन्वय गरि कागजात बनाएर स्वदेश ल्याउन सफल भएको बताउनु भयो।
उहाँका अनुसार निज हरिसरण ९ दिन त दुबई को सडक मै सुतेको आफुलाइ सुचना भएको र मेनपावर ले ३ लाख लिएर पठाएको मा ६ महिना ६०० रियल तलब दिएको र कम्पनीले बेवारिसे छाडेको मा ९ दिन को सडक बास पछि मिस्टर गुरुङ समेत ले आफ्नो खर्च मा दुबई राखेको मा क्रीकेट खेलाडी भरत कार्की , महेन्द्र मैनाली लगायत को समूह ले सरोकार केन्द्र सङ्ग समन्वय गरे पश्चात् उनलाई नेपाल ल्याउन सफल भएको छ।
अधिबक्ता गोविन्द पन्थी लामोसमय उपत्यका अपराध अनुसंधान कार्यालयमा प्रहरी नायब उपरीक्षक(डिएसपी) र मानव बेचबिखन अनुसंधान ब्युरो मा रहेर काम गर्दा धेरै मानव तस्कर र ठगी कार्यमा सङ्लग्नलाई कारबाहीगरि रास्ट्रिय तथा अन्तरास्ट्रिय अवार्ड पाएका अनुभव प्राप्त डिएसपी भएकोमा उनले अबकाश पश्चात् बेरोजगार युबा–युवतीलाई बेचबिखन तथा ओसारपसार गर्ने र रोजगारीको नाउमा ठगी गर्नेहरुलाई खबरदार गर्ने, उद्दार गर्ने र कानुनी कारबाहीको लागि पहल गर्ने र त्यस्ता अलपत्र परेकाहरुलाई उद्दार गरि नि:शुल्क रुपमा कानुनी सेवा दिने भन्दै यसै महिना “सरोकार केन्द्र ” नामक संस्था दर्ता गराएका थिए।यहि संस्थाको समन्वयमा छोटो समयमै एक युबाको उद्दार गरेर “सरोकार केन्द्र “बिदेशमा अलपत्र परेकाहरुको भरोसायोग्य संस्था बन्न सफल भएको छ भने पुर्ब डिएसपी हाल अधिबक्ता गोविन्द पन्थी गतिलो उदाहरण प्रस्तुत गर्न सफल भएका छन।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
९ चैत २०८२ १६:००
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
८ चैत २०८२ १५:४४
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
६ चैत २०८२ ११:२५
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...
३ चैत २०८२ ७:३१





