सोमवार, भदौ २, २०८२
English
Follow us:

कति छ आज विदेशी मुद्राको विनिमय दर?

कति छ आज विदेशी मुद्राको विनिमय दर?

  • खबर सेवा

  • शनिबार, पुस २०, २०८१

  • 149
    SHARES
कति छ आज विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, पाउन्डसहित केही विदेशी मुद्रा भने सस्तिएका छन्। युरो र पाउन्डको मूल्य हिजो पनि घटेको थियो।

तर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्रा भने आज पनि महँगिएका छन्। बिगत चार दिनदेखि बहराइन दिनारको मूल्य पनि लगातार बढिरहेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा छ।

अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५१ पैसा थियो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैया ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ६४ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैया ३२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ९४ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ र बिक्रीदर एक सय ७० रुपैयाँ ७४ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ०६ पैसा थियो। आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ २१ र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ०६ र बिक्रीदर ८५ रुपैयाँ ४३ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ७९ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७३ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २५ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ७४ पैसा थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology