काठमाडौँ। शैक्षिक क्षेत्रमा लामो समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका अभिभावक र परामर्शदाता व्यवसायीको छाता संगठन सक्रिय शैक्षिक परामर्श संघ (AECAN) को दोस्रो साधारणसभा शनिबार गरेको छ।
पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षामा सरोकार राख्ने अधिकांश सरोकारवालाको सहभागिता रहेको थियो।
शैक्षिक परामर्श संघ, नेपालले लामो समयदेखि विद्यार्थीलाई सही परामर्श दिने विषयमा योगदान दिने परामर्शदातालाई एक बनाउँदै ल्याएको छ। संघका अध्यक्ष किशोर तिवारीको नेतृत्वमा संघले शैक्षिक क्षेत्रमा थुप्रै अनुकरणीय कार्य गर्दै आएको छ।
यो सस्थालाई अझ सशक्त र प्रभावकारी बनाउन उपाध्यक्षहरु द्वयकेशवराज अर्याल र विनोद पोखरे को विशेष योगदान रहेको कुरा कार्यसमिति सदस्य रमेश पाठकले बताउनुभयो।