सोमवार, माघ ७, २०८१
English
Follow us:

यात्रामा हुनुहुन्छ? एकपटक हेर्नुहोस् मौसम

यात्रामा हुनुहुन्छ? एकपटक हेर्नुहोस् मौसम

  • खबर सेवा

  • सोमवार, पुस २९, २०८१

  • 28
    SHARES
यात्रामा हुनुहुन्छ? एकपटक हेर्नुहोस् मौसम

काठमाडौँ। हाल देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला (सोमबार बिहान) कोशी प्रदेश लगायत देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका थोरै भूभागमा अहिले हुस्सु लागेको छ।

देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘अबको चौबीस घण्टा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। साथै कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology