क्यालिफोर्नियामा डढेलोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरोकार केन्द्रले गर्यो काठमाडौँमा दीपप्रज्वलन
काठमाडौँ। अमेरिकामा डढेलोले धनजनले क्षति पुर्याएको प्रति दुःख मान्दै थप क्षति नहोस् भन्ने कामनासहित काठमाडौँको रत्नपार्क शान्तिबाटिकामा दीपप्रज्वलन गरिएको छ। काठमाडौँको क्यालिफोर्निया राज्यको लसयन्जलशमा डढेलोबाट यतिबेला तहसनहस छ। डढेलाले अतिरिक्त क्षति नपुर्याओस् भन्ने कामनासहित सरोकार केन्द्रले दीपप्रज्वलन गरेको हो।
केन्द्रका अध्यक्ष गोविन्द पन्थीको अध्यक्षतामा भएको उक्त कार्यक्रम को प्रमुख अतिथि सर्वोच्च अदालतका पुर्व रजिस्ट्रार नारायणप्रसाद पन्थी हुनुहुन्थ्यो। कार्यक्रम सन्चालन संस्थाका महासचिव जीवन शर्माले गर्नुभएको थियो। कार्यक्रममा डढेलोमा परी ज्यान गुमाउनेप्रति मौन धारण गरिएको थियो।
कार्यक्रममा अमेरिकाको ५० प्रान्तलाई इंगित गर्दै ५० दीपको ५० जना नै व्यक्तिबाट प्रज्वलित गरिएको थियो। कार्यक्रमका मुख्य अतिथि पन्थीले अमेरिकी जनताले डढेलोबाट ठूलो कष्ट ब्यहोर्नु परेकोमा दुख ब्यक्त गर्दै मृत्त आत्माको चिरशान्तिको कामना गर्नुभएको थियो।

उहाँले अमेरिकाजस्तो विकसित देशमा समेतमा ७ दिन सम्म डढेलो नियन्त्रणमा आउन नसक्नु अन्य मुलुकलाई गतिलो शिक्षा भएको बताउनुभएको थियो। उहाँले नेपालजस्ता विकासोन्मुख देशले पनि यसबाट पाठ सिकेर कार्ययोजना बनाउनुपर्ने बताउनुभयो। कार्यक्रमका विशेष अतिथि एवं कोरिया शैक्षिक परामर्श संघ नेपालका उपाध्यक्ष बिस्णु खडकाले अमेरिकी जनताले थप पीडा र क्षति ब्यहोर्न नपरोस् भनेर नेपालमा दीप प्रज्वलन गरिनुले यस संस्थाको साच्चिकै प्रशंसनीय कार्य रहेको बताउनुभयो।
उहाँले नेपाल प्रति अमेरिकी जनताको सकारात्मक सोच जागृत गराउने काम सरोकार केन्द्रले गरेको बताउनुभयो। सरोकार केन्द्रका अध्यक्ष पन्थी ले आफ्नो समापन मन्तब्य दिँदै अमेरिका र नेपाल भूगोलका हिसावले दुई देश रहे तापनि मानव जाति , जनावर र वन्यजन्तुका आधारमा समान रहेको बताउनुभयो। उहाँले अहिले त्यहाँ डढेलोमा परि मृत्युवरण गर्दाको पीडा नेपालीलाई पनि समान हैसियतले पर्ने जानकारी दिनुभयो।
सोही कार्यक्रममा कोरिया शैक्षिक परामर्श संघ नेपालका अध्यक्ष गणेश शर्मा लगायत उपस्थित हुनु भएको थियो। कार्यक्रम बेलुका ६ बजे सुरु भएर एक घण्टासम्म चलेको थियो।

ताजा अपडेट
-
१.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
२.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
३.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
४.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
-
५.
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन...
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ। आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहीबार बिहान ८ बजेर ३२ मिनेट जाँदा दार्चुलाको मुराइ आसपासको...




