एन्फा महिला लिग : बागमतीको पोष्टमा एपीएफको आधा दर्जन गोल
काठमाडौं। एन्फा महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपीएफ फुटबल क्लबले बागमती युवा क्लवविरुद्ध सहज जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपीएफले बागमतीलाई ६-० ले हरायो। एपीएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो।
४२औं मिनेटमा रश्मिको गोलबाट एपीएफले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा रश्मिले गोल गरिन्। ५४औं मिनेटमा बागमतीकी सेमी हाङमा लिम्बुको आत्मघाती गोल गर्दा एपीएफको अग्रता ३-० भयो।
५५ औं मिनेटमा सुरुले र ८७औं मिनेटमा प्रीतिले गोल गरिन्। इन्ज्युरी समयमा सरुले व्यक्तिगत दोस्रो गोल गरेपछि एपीएफले लगातार पाँचौं जित निकाल्यो।शीर्ष स्थानको एपीएफको ५ खेलमा १५ अंक छ। शीर्ष स्थानमा रहेको छ। पाँचौं खेलमा चौथो हार बेहोरेको बागमतीको ३ अंक छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




