
काठमाडौँ। लेखक तथा पत्रकार श्रीधर खनाल ‘दीर्घबाहु’को निधन भएको छ। बिहीबार २:४५ बजे ९४ वर्षको उमेरमा खनालको निधन भएको हो। उनको २०२२ सालमामा ‘शब्दभेदी लडाइँ’ उपन्यास प्रकाशित भएको थियो।
उनका ‘मुर्कट्टा लास’, ‘छ औंले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ तथा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घण्टी’, ‘भेनसका हिप्पीहरु’ र ‘नाङ्एिकी सुन्दरी’लगायत जासुसी उपन्यास निकै लोकप्रिय थिए। त्यसबाहेक ‘हङकङको व्यापारी’, ‘हेलम्बुकी अप्सरा’ र ‘गुलाफी पिन’, ‘बज्रजोगिनीको खजाना’ पनि प्रकाशित भएका थिए।
नेपालको पहिलो जासुसी उपन्यास लेखक खनाल नेपाल आँखा अस्पतालका आजीवन संस्थापक सदस्य हुन्। साथै, उनी दुई कार्यकाल त्रिभुवन विश्वविद्यालयको प्राज्ञसभा सदस्यसमेत रहेका थिए।