शुक्रबार, फाल्गुन ३०, २०८१
English
Follow us:

आज शनिबार, कस्तो छ हजुरको राशिफल हेर्नुहोस्

आज शनिबार, कस्तो छ हजुरको राशिफल हेर्नुहोस्

  • खबर सेवा

  • शनिबार, माघ ५, २०८१

  • 57
    SHARES
आज शनिबार, कस्तो छ हजुरको राशिफल हेर्नुहोस्

मेष : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। न्यायिक कार्यमा सफलता मिल्ला। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

वृष : अनावश्यक वादविवाद बढ्न सक्छ। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्न सक्छ। प्रेमीरप्रेमिकाबीच खिन्नता बढ्नेछ। यात्रामा सावधानी अपनाउनु होला। घरपरिवारमा झैझमेलाको अवस्था आउन सक्छ।

मिथुन : सफल यात्राको योग छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम रहला। सेवा र सहयोग गर्ने समय आएको छ।

कर्कट : पुनर्मिलनको योग छ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना देखिन्छ। धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

सिंह : धार्मिक यात्रा हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य समेत सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। जग्गाजमिनको कारोबारमा सफलता मिल्छ।

कन्या : विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनु होला, बन्न लागेको काम पनि बिग्रन सक्छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। कर्मक्षेत्र सङ्घर्षशील रहनेछ। धार्मिक कार्य र तीर्थाटनको योग छ।

तुला : कुनै कुराले मनमा शान्ति छाउनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आत्मविश्वास र पराक्रम वृद्धि हुनेछ। शुभ समाचार सुन्न पाइएला। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ।

वृश्चिक : पुनर्मिलनको योग छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। बुद्धिको उपयोग गर्नाले जटिल काम पनि सजिलै फत्ते हुनेछ।

धनु : नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। मित्रताको बन्धन कसिनुका साथै सुख मिल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। लगानी र व्यवसायमा पर्याप्त लाभ मिल्नेछ।

मकर : लाभहानि बराबर हुनेछ। दबाब र तनाव बढेको महसुस होला। मान तथा सम्मानमा दाग लाग्न सक्छ। अरूले आलोचना गर्न सक्छन्। मध्य दिनबाट भने रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

कुम्भ : शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ। प्रेम जीवन सुखद रहनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुन्छ। परिवारमा सुख सन्तोष छाउनेछ।

मीन : कुनै कुराले मनमा शान्ति छाउला। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइनेछ। लाभदायक यात्राको योग छ। शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। वैदेशिक कार्य सफलतातिर मोडिनेछ।

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology