हेर्नुस् आजको राशिफल
आज सोमबार, ७ माघ २०८१
मेष : विद्या र बुद्धिको विकास हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्ला। पढाइलेखाइमा प्रगति हुनेछ। सेयर बजारबाट फाइदा हुनेछ। धर्मकर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ।
वृष : प्राविधिक काममा सफलता प्राप्त हुनेछ। पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ। मनोरञ्जनात्मक कार्यमा सहभागी भइएला। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। रमणीय र सुखद यात्राको योग छ।
मिथुन ; सुखदु:ख बराबरी रहनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। साँझमा बाधा आइलागे पनि समस्या समाधान हुनेछ।
कर्कट : खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। बोलीको प्रभाव बढ्दै जानेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ र उपहार पनि प्राप्त हुन सक्छ।
सिंह : प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। नवीन कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विश्वासपात्रले काममा साथ दिनेछन्। आफन्तबाट सहयोग प्राप्त हुनेछ। कार्य क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ।
कन्या : रोकिएका काम पूरा हुनेछन्। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ। दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ। पारिवारिक स्वास्थ्य भने त्यति राम्रो नहोला।
तुला : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। भ्रमण तथा खानपान खर्च बढ्नेछ। पुँजी बजारको लगानी कमजोर हुन सक्छ। स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ। मन खिन्न हुने स्थिति आउनेछ।
वृश्चिक : बुद्धि फिर्नेछ। जसका कारण लामो समयदेखि रोकिएको कामको गाँठो फुकाउनेछ। आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ। साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।
धनु : साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। कुनै कारणवश रोकिएको कामले गति लिनेछ।
मकर स् रमाइलो यात्राको योग छ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। पुँजी बजारमा खासै प्रगति नहोला।
कुम्भ : नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला। महत्वाकाङ्क्षी योजनामा सफल हुन केही समय पर्खनु पर्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। आफन्तको साथ र सल्लाह पाइनेछ।
मीन : वाक्चतुर्याइँले सङ्कल्पसिद्ध हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्ला। धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। स्वादिष्ट भोजनको अवसर छ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु
भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...




