मुख्य समाचार

मधेशका स्वास्थ्यमन्त्री सवार गाडी ठोक्किएर दुर्घटना

काठमाडौँ। जनकपुरमा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा मन्त्री सिंहसहित तीनजना घाइते भएका छन्।

गएराति स्वास्थ्यमन्त्री सिंह सवार मधेस प्रदेश ०२-००१ झ-०१६५ नम्बरको गाडी खानेपानी डिभिजन कार्यालयको मधेस प्रदेश ०३-००१ झ-००९६ नम्बरको अर्को सरकारी गाडीमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए।

‘दुर्घटनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ,’ एसपी तिवारीले भने, ‘मन्त्री सिंहसहित तीनैजनाको अवस्था सामान्य छ।’ उपचारमा संलग्न चिकित्सकले उनको स्पाइनल हड्डीमा चोट लागेको बताएका छन्। गएराति करिब साढे नौ बजे जनकपुरस्थित रामानन्द चोकमा दुई गाडी आपसमा ठोकिएका हुन्। दुर्घटनामा मन्त्री सवार गाडीका चालक र सुरक्षाकर्मी पनि घाइते भएका एसपी तिवारीले बताए। दुर्घटनामा परेको गाडीको अगाडिको भागमा क्षति पुगेको छ।

सम्बन्धित समाचार

दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ। सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ। प्रधानमन्त्री...

रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र...

प्रधानमन्त्रीका स्वकिय सचिव श्रेष्ठ प्रकृति संरक्षण कोषमा

प्रधानमन्त्रीका स्वकिय सचिव श्रेष्ठ प्रकृति संरक्षण कोषमा

काठमाडौं। राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत हुनुभएको छ। प्रधानमन्त्री एवम् कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी...

धनुषा १ : सर्वोच्चले खारेज गर्यो रास्वपाका किशोरी साहको रिट, मातृका यादवको पद जोगियो

धनुषा १ : सर्वोच्चले खारेज गर्यो रास्वपाका किशोरी साहको रिट, मातृका यादवको पद जोगियो

काठमाडौं। सर्वोच्च अदालतले रास्वपा धनुषा १ का उम्मेदवार किशोरी साहले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।...