
काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा उपदेश यादवले उम्मेदवारी दर्ता गराएका छन्। उनले केही बेरअघि मात्रै उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघिका सचिव रहेका यादव यसपटक उमेर हद लागू भएसँगै अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका हुन्। संगठनको विभिन्न पदमा भूमिका निर्वाह गरेका उनले यसपटक संगठन हाक्ने योजना बनाएको बताएका छन्।
उनीसँगै सुदीन पौडेलले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गर्ने समय रहेकाले अन्य विद्यार्थीले पनि उम्मेदवारी दर्ता गर्ने समय रहेको छ।