कस्तो छ हजुरको आजको भाग्यफल?
आज मंगलबार, ८ माघ २०८१, हेर्नुस् आजको राशिफल
मेष : अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर मिल्नेछ।
वृष : लाभदायक यात्रा हुनुका साथै पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ। शुभकार्यको चर्चा चल्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ।
मिथुन : मित्रहरूले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला। चोटपटकको भय छ सचेत रहनुहोला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा परिवारजनको साथले नयाँ आशा पलाउनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।
कर्कट: नसोचेको ठाउँबाट धनागम हुनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। मनोरञ्जनमा सहभागी भइएला। भ्रमणको योजना बन्नेछ। सेयर बजारको लगानी त्यति भरपर्दो रहन्न।
सिंह : धार्मिक यात्राको योग छ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग देखिन्छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ।
कन्या : बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन्। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। आतिथ्यपूर्ण सम्मान पाइएला।
तुला : सहकर्मीबाट विरोध आउला। सरकारी निकायको भय रहनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। यात्रा कष्टकर हुन सक्छ, सचेत रहनु पर्छ। साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ।
वृश्चिक : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग होला। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ। गरेको कार्यमा सफलता मिल्नेछ।
धनु : रमणीय र सुखद यात्राको योग छ। कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइनेछ।
मकर : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। दाम्पत्य सुखले प्रफुल्लित भइनेछ। आम्दानी बढ्नेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। नजिकका व्यक्तिबाट भने धोका पाइन सक्छ, सचेत रहनुहोला।
कुम्भ : मन कमजोर रहन सक्छ। समस्या समाधानका लागि चालिएका कदम निरर्थक हुनेछन्। यात्रामा सावधानी अपनाउनु पर्नेछ, साँझमा भने धनलाभ हुन सक्छ। प्रयत्न गरेमा बढी फाइदा लिन सकिनेछ।
शुभकार्यको चर्चा चल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु
भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...




