मुख्य समाचार

हेर्नुस् आजको राशिफल

मेष : भाग्यले साथ दिनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ। मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्री प्राप्ति हुनेछ। लुकेको प्रतिभाको सहज विकास हुनेछ।

वृष : धार्मिक र सामाजिक महत्त्व बोकेको क्षेत्रमा भ्रमण हुन सक्छ। पुराना साथीभाइसित भेटघाट होला। मिहिनेतको राम्रो नतिजा हात पर्नेछ। ससाना यात्राबाट राम्रो फल मिल्नेछ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ।

मिथुन : मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। धार्मिक कार्य सफल रहनेछ।

कर्कट : स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ। मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ। अनावश्यक झमेलामा परिएला। सामान हराउने योग छ। साँझमा सुखद भेटघाट हुनेछ। परोपकारी कार्यमा संलग्न भइनेछ।

सिंह : धैर्यताले अवसर दिलाउनेछ। सजिलै अरूको मन जित्न सकिनेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। व्यावसायिक जीवनमा सुधार आउनेछ।

कन्या : प्राविधिक कार्य सफल हुनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्त हुनेछ।

तुला : परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। भौतिक सुखमा बढोत्तरी हुनेछ। दाजुभाइ र दिदीबहिनीबाट सहायता मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ।

वृश्चिक : मन खिन्न हुने स्थिति आउनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। घरव्यवहारमा झमेला आउन सक्छ। सामान हराउने वा चोरी हुने भय छ। साँझमा रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ।

धनु : गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। धैर्यतापूर्वक काम गर्नुपर्ने देखिन्छ। सफल यात्रा गर्ने अवसर जुट्नेछ। परिवारलाई समय दिन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ। मित्रसँग मीठो भेटघाट रहला।

मकर : कुनै समाचारले मनमा शान्ति छाउला। वाणीमा कुशलता आउने दिन परेको छ। प्रेमीको सहयोग पाइनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। नयाँ कामको थालनी हुनेछ।

कुम्भ : आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ। भेटघाट र मनोरञ्जनमा सहभागी भइएला। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्।

मीन : मिश्रित फल मिल्नेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। वैदेशिक कार्यमा उल्झन आउनेछ। परिवारमा मेलमिलाप राम्रै हुनेछ।

 

सम्बन्धित समाचार

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ।  साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...