प्रमुख खवर

कति छ आजको तरकारीको मूल्य?

काठमाडौँ। फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (बुधबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालिमाटीमा आज धेरैजसो तरकारीको मूल्य घटेको छ। काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सीसहितका तरकारी आज निकै सस्तिएका हुन्। करेला, भिन्डीसहितका तरकारीको मूल्य भने घटेको छैन।

कालिमाटीमा आज लोकल गोलभेँडा १७, रातो आलु ४४, तराईको गाँजर ३५, लोकल बन्दा २०, तराईको बन्दा १७, नरिवल बन्दा १२, स्थानीय काउली १२, ज्यापु काउली २२, तराईको काउली १२, रातो र सेतो मुला २५ रुपैयाँ प्रतिकिलो छ। त्यसैगरी लाम्चो भन्टा ३५, लौका ५५, करेला र परबल ९५, पाकेको फर्सी ४५, हरियो फर्सी १२, भिन्डी १२५, रायोको साग १२, कन्य च्याउ ७८, डल्ले च्याउ २७३, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो सानो लोकल गोलभेँडा २२, रातो आलु ४४, तराईको बन्दा १७, स्थानीय काउली १२, नरिवल बन्दा १२, मुला १७ रुपैयाँ प्रतिकिलो थियो।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...