हेर्नुस् आजको राशिफल
मेष : सामाजसेवाले मानप्रतिष्ठा बढाउनेछ। प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। आफन्तबाट साथ र हौसला मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। व्यापार व्यवसायमा सफलता पाइनेछ।
वृष : रमणीय, सुखद र धार्मिक यात्राको योग छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। महिला वर्गबाट विशेष सहयोग पाइनेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफल भइनेछ। खानपिनको विविध परिकार खान पाइन्छ।
मिथुन : विद्या र बुद्धिको विकास हुनेछ। यात्राको योग र योजना बन्नेछ। चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। धार्मिक तथा सांस्कृतिक रीतिरिवाजमा सहभागी भइनेछ। आत्मबल बढ्नेछ।
कर्कट : घरव्यवहारमा झमेला आउन सक्छ। नाक तथा घाँटीमा समस्या आउला। मनमा दुबिधा उत्पन्न हुनेछ। पारिवारिक समस्या आइपर्ला। विचार गरेर निर्णय लिनु उचित हुनेछ। सेयर बजारको क्षेत्रमा राम्रो सफलता मिल्नेछ।
सिंह : जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। राजनीतिक र सामाजिक कार्यमा सफल भइनेछ। सेयर बजारमा गरेको लगानीबाट फाइदा हुनेछ र त्यसबाट नयाँ योजना बन्नेछ। आहारविहारमा सावधानी अपनाउनु पर्नेछ।
कन्या : अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। रमणीय र सुखद यात्राको योग छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
तुला : परीक्षामा पास भइनेछ। नयाँ कार्यको योजना बन्नेछ। शुभकार्यमा सरिक भइनेछ। नजिकका व्यक्तिबाट सहयोग पाइएला। कुनै कुराले अनुहारमा चमक छाउनेछ। सरकारी निकायबाट सहयोग हुनेछ।
वृश्चिक : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। घरव्यवहारको समस्याले सताउन सक्छ। सेयर बजारको कारोबारबाट लाभ मिल्नेछ। हल्लाको पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
धनु : मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। भक्ति र सेवा भाव बढेर जानेछ। रोकिएका कामको पुनस् योजना बन्नेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। पुनर्मिलनको योग छ।
मकर : कार्य सम्पादनमा सहजता मिल्नेछ। पूँजी बजारले साथ दिनेछ। धनलाभ हुनेछ। नयाँ कामको थालनी होला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सहयोगी हातहरू अघि बढ्नेछन्। चिताएको कामले तीव्रता लिनेछ।
कुम्भ : परिवारमा मेलमिलाप हुनेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। वैदेशिक क्षेत्रको काममा सफलता मिल्नेछ।
मीन : मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। विद्यार्थीहरूको पढाइमा मन नजान सक्छ। बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु
भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...




