बिहिबार, फाल्गुन २९, २०८१
English
Follow us:

छुटे ऋषिकेशका पूर्वस्वकीय सचिव

छुटे ऋषिकेशका पूर्वस्वकीय सचिव

  • खबर सेवा

  • शुक्रबार, माघ ११, २०८१

  • 59
    SHARES
छुटे ऋषिकेशका पूर्वस्वकीय सचिव

काठमाडौं । प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल पाँच लाख धरौटीमा रिहा भएका छन्।उनीविरूद्ध बुधबार जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता भएको थियो। जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले बिहीबार उनलाई धरौटीमा रिहा गरेको हो।

जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले दिएको जानकारी अनुसार एमाले मोरङका जिल्ला कमिटी सदस्यसमेत रहेका पोखरेललाई प्राप्त प्रमाणका आधारमा धरौटीमा छोड्न मिल्ने अवस्था रहेको भन्ने आदेशमा उल्लेख छ।

उनीविरूद्ध सरकारी वकिलको कार्यालयले ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरेको थियो। बिहीबार बयान र थुनछेक बहसपछि उनी छुटेका हुन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology