हेर्नुस् आजको राशिफल
आज आइतबार, १३ माघ २०८१।
मेष : दिन माध्यम नै रहनेछ। गरेका कार्यमा ढिलासुस्ती हुनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला। साँझमा पैसा खर्च पनि हुनसक्छ।
वृष : शुभ कार्यमा सरिक भइनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। नयाँ–नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। सामाजिक कार्यमा रुचिका साथै यात्राको योग पनि देखिन्छ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ।
मिथुन : कुनै समाचारले मनमा शान्ति छाउनेछ। लामो समयदेखि रोकिएका कामको गाँठो फुक्नेछ। नयाँ भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुने देखिन्छ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला।
कर्कट : रोकिएको धन हात पर्ला। चलाखीपूर्ण बोलीले संकल्प सिद्ध हुनेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ।
सिंह : राम्रै काम गरेपनि कार्यमा अवरोध आउला। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। साँझमा भने प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तर्क्रियाले मनोबल उच्च बनाउनेछ।
कन्या : शुभ समाचार सुन्न र शुभकार्यको चर्चा चल्नेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्राप्त होला। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ तर विश्वास पात्रले भाषा परिवर्तन गर्न सक्छन्।
तुला : मनपर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ। रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। कृषि क्षेत्रबाट सफलता र रमाइलो यात्रा हुनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।
वृश्चिक : पुनर्मिलनको योग रहेको छ। अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। सामाजिक उत्तर दायित्व या पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ।
धनु : स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ। बाहिरी गफगाफमा भुलिँदा व्यापारव्यवसायमा असर पर्ला। दिनको उत्तरार्धमा आम्दानीभन्दा बढी धन खर्च हुनेछ तर लामो यात्रा सफल हुनेछ।
मकर : साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। वैदेशिक काम र प्रक्रिया सहजै अघि बढ्नेछन्। सरकारी निकायको भय रहनेछ। आतस् सावधान रहनुहोला।
कुम्भ : स्वादिष्ट भोजन पाइनेछ। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। पुनर्मिलनको योग रहेको छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ तर पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ।
मीन : नयाँ लक्ष्य प्राप्तिको योग देखिन्छन्। घरमा अतिथिको आगमन हुनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि श्रेष्ठ समय छ। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् तर शरीरको कुनै पनि भागमा चोट लाग्ने सम्भावना छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु
भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...




