मुख्य समाचार

यात्रामा हुनुहुन्छ? हेर्नुहोस् आजको मौसम

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला (आइतबार बिहान) कोसी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ।

देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। ‘बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

केहीबेर अघि काठमाडौँ उपत्यकाको तापक्रम ८ डिग्री सेल्सियम मापन भएको छ। आज दिउँसो काठमाडौँमा अधिकतम १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको छ। आज बिहान ६ बजेर ५३ मिनेट जाँदा सूर्योदय भएको छ। सूर्यास्त साँझ पाँच बजेर ४० मिनेटमा हुनेछ।

सम्बन्धित समाचार

बेनीघाट-आरुघाट-लार्के सडक चार दिन बन्द हुने

बेनीघाट-आरुघाट-लार्के सडक चार दिन बन्द हुने

सुलीकोट । गोरखाको बेनीघाट–आरुघाट–लार्के सडकखण्ड अन्तर्गत धार्चे गाउँपालिका–७ मा पर्ने न्याउनी खोला पुल चार दिनका लागि बन्द हुने भएको...

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

म्याग्दी। म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही...

लागुऔषध ओसारपसारः उनान्सय जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता

लागुऔषध ओसारपसारः उनान्सय जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता

काठमाडौँ। नेपाल प्रहरीले यहाँ गत माघ महिनामा लागुऔषध कारोबारका अभियोगमा ९९आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका...

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...