वेपत्ता दुई किशोरी जंगलमा मृतावस्थामा फेला
काठमाडौँ।अछाममा दुई किशोरी मृत फेला परेका छन्। ढकारी गाउँपालिका १ को जंगल क्षेत्रमा शनिबार साँझ दुई किशोरी मृत भेटिएका हुन् ।
ढकारी गाउँपालिका ८ का कमल खड्काकी छोरी १४ वर्षीया ईश्वरा खड्का र उदयराम खड्काकी छोरी १४ वर्षीया सरस्वती खड्का शनिबार बेलुकी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
दुवै किशोरी शुक्रबार ढकारी १ मा पर्ने छिन्ने ओडार जंगलमा गाईबस्तु चराउन गएका थिए। दुवैजना साँझ नफर्किएपछि परवार र आफन्तले खोजी गरेका थिए। यसक्रममा शनिबार साँझ साढे ६ बजेतिर जंगलमा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...




