शुक्रबार, फाल्गुन ३०, २०८१
English
Follow us:

यात्रामा हुनुहुन्छ? हेर्नुहोस् आजको मौसम

यात्रामा हुनुहुन्छ? हेर्नुहोस् आजको मौसम

  • खबर सेवा

  • मङ्लबार, माघ १५, २०८१

  • 73
    SHARES
यात्रामा हुनुहुन्छ? हेर्नुहोस् आजको मौसम

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला (मंगलबार बिहान) कोसी प्रदेशको पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ।

देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मंगलबार बिहान ६ बजे जारि गरेको बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology