
मेष : शुभकार्यको चर्चा चल्नेछ। सभासमारोहमा सरिक हुने सम्भावना छ। पुरानो समस्या सुल्झाउन सकिनेछ। नयाँ सम्बन्ध जोडिन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ।
वृष : नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। भोजभतेरमा सहभागी भइएला। साथीहरूले भरपुर साथ दिनेछन्। काममा सोचेजस्तै सफलता मिल्नेछ।
मिथुन : बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। मनमा दोधारको अवस्था सिर्जना होला। सामान हराउने योग छ। विपरीत वर्ग र मन मिल्ने साथीको सहयोग मिल्नेछ।
कर्कट : प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्।
सिंह : लगनशीलताले रोकिएका कामहरू अगाडि बढ्नेछन्। मन पर्ने साथीको साथ र सहयोग पाउन सकिन्छ। धार्मिक कार्य सफल रहनेछ। प्रेम सम्बन्ध कसिलो होला। वैदेशिक क्षेत्रको कमबाट लाभ हुनेछ।
कन्या : कार्यक्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै होला। लामो समयदेखि रोकिएका काम अघि बढ्नेछन्। लाभदायक भेटघाटलाई नकार्न सकिँदैन। प्रतिस्पर्धी परास्त होलान्।
तुला : मन खिन्न हुने स्थिति आउनेछ। बनिसकेको काममा दुबिधा उत्पन्न हुनेछ। नियमित खर्च बढ्ला। सामाजिक कामको दायित्त्व बढ्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ।
वृश्चिक : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। शुभ समाचार सुन्न पाइएला। आफन्त एवं परिवारजनबाट विशेष लाभ हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ।
धनु : परीक्षा र शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सहयोगीहरूले साथ दिनेछन्। काममा सोचेजस्तै सफलता मिल्नेछ। पेसा व्यवसायका क्षेत्रबाट फाइदा हुनेछ।
मकर : यसअघि रोकिएको काम दोहोर्याएर गर्दा सम्पन्न हुनेछ। सामाजिक कार्यमा विशेष रुचि हुने देखिन्छ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला।
कुम्भ : शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। मनोरञ्जनमा सहभागी भइनेछ।
मीन : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। यात्रामा सावधानी अपनाउनु होला। तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन।