मुख्य समाचार

हेर्नुहोस् कस्तो छ आजको राशिफल

मेष : शुभकार्यको चर्चा चल्नेछ। सभासमारोहमा सरिक हुने सम्भावना छ। पुरानो समस्या सुल्झाउन सकिनेछ। नयाँ सम्बन्ध जोडिन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ।

वृष : नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। भोजभतेरमा सहभागी भइएला। साथीहरूले भरपुर साथ दिनेछन्। काममा सोचेजस्तै सफलता मिल्नेछ।

मिथुन : बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। मनमा दोधारको अवस्था सिर्जना होला। सामान हराउने योग छ। विपरीत वर्ग र मन मिल्ने साथीको सहयोग मिल्नेछ।

कर्कट : प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्।

सिंह : लगनशीलताले रोकिएका कामहरू अगाडि बढ्नेछन्। मन पर्ने साथीको साथ र सहयोग पाउन सकिन्छ। धार्मिक कार्य सफल रहनेछ। प्रेम सम्बन्ध कसिलो होला। वैदेशिक क्षेत्रको कमबाट लाभ हुनेछ।

कन्या : कार्यक्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै होला। लामो समयदेखि रोकिएका काम अघि बढ्नेछन्। लाभदायक भेटघाटलाई नकार्न सकिँदैन। प्रतिस्पर्धी परास्त होलान्।

तुला : मन खिन्न हुने स्थिति आउनेछ। बनिसकेको काममा दुबिधा उत्पन्न हुनेछ। नियमित खर्च बढ्ला। सामाजिक कामको दायित्त्व बढ्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ।

वृश्चिक : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। शुभ समाचार सुन्न पाइएला। आफन्त एवं परिवारजनबाट विशेष लाभ हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ।

धनु : परीक्षा र शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सहयोगीहरूले साथ दिनेछन्। काममा सोचेजस्तै सफलता मिल्नेछ। पेसा व्यवसायका क्षेत्रबाट फाइदा हुनेछ।

मकर : यसअघि रोकिएको काम दोहोर्‍याएर गर्दा सम्पन्न हुनेछ। सामाजिक कार्यमा विशेष रुचि हुने देखिन्छ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला।

कुम्भ : शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। मनोरञ्जनमा सहभागी भइनेछ।

मीन : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। यात्रामा सावधानी अपनाउनु होला। तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन।

 

सम्बन्धित समाचार

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ।  साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...