फेयर एक्सप्रेस मिडियाले घोषणा गर्यो ‘फेयर इन्टरनेसनल एजुकेसन अवार्ड’
काठमाडौँ। फेयर एक्सप्रेस मिडिया प्रालिले ‘फेयर इन्टरनेसनल एजुकेसन अवार्ड २०२५’ को घोषणा गरेको छ। मंगलबार काठमाडौँ मोडेल कलेज (केएमसी) बागबजारमा आयोजना गरिएको आठौँ वार्षिकोत्सव समारोह कार्यक्रमकाबीच फागुनमा आयोजना गर्नेगरि अवार्डको घोषणा गरिएको हो।
आठ वर्षदेखि सञ्चालनमा रहेको मिडिया फेयर एक्सप्रेसले शिक्षा क्षेत्रमा योगदान पुर्याएका व्यक्तीहरूलाई सम्मान गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको हो। फेयर मिडियाले अवार्डको लागि शिक्षा क्षेत्रमा क्रियाशिल व्यक्ति र संस्थालाई नाम दर्ता गर्न खुला गरेको छ। मिडियाका प्रवन्ध निर्देशक राजेन्द्र लुइटेलले शिक्षा क्षेत्रमा योगदान पुर्याएका विभिन्न मुलुकका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ति र संस्थालाई अवार्ड प्रदान गरिने बताए।

उनले भने, ‘अवार्डका विभिन्न शिर्षकमा आवेदन दिएका आवेदक मध्येबाट विज्ञ टोलिले छनोट गरेपश्चात उपयुक्त व्यक्ती र संस्थालाई अवार्ड प्रदान गरिन्छ।’ मिडियाले नेपाल एवं विदेशका शैक्षिक गन्तव्यका उत्कृष्ट विद्यालय, विश्वविद्यालय, शैक्षिक परामर्श दातृ संस्था, तालिम केन्द्र लगायत शिक्षण संस्था र उक्त संस्थाहरूमा संलग्न भई पाँच वर्ष भन्दा बढी समय योगदान गरेका व्यक्तीलाई आवेदन दिन आह्वान गरेको छ।
वार्षिकोत्सव समारोह कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई, शिक्षाविद् विद्यानाथ कोइराला, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ,कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) अध्यक्ष गणेश शर्मा, मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नन्दबहादुर सिंह, आइप्यानका अध्यक्ष लक्ष्मण केसी, इक्यान पदाधिकारी तथा सदस्यहरूसहित अन्य अतिथिहरूको उपस्थित थियो।

ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




