शिक्षा

शिक्षक महासंघले घोषणा गर्यो चरणबद्ध आन्दोलन

काठमाडौँ। नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै स्थानीय, प्रदेश र राष्ट्रिय स्तरमा चरणबद्ध आन्दोलन गर्ने भएको छ। आज आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै महासंघले स्थानीय तहमा माघ २० बाट आन्दोलन थाल्ने जनाएको छ। महासंघले सबै शिक्षक कर्मचारीले फेसबुकवालमा आयतकार रातो स्टिरकर टास्दै हिउँदे अधिवेशनबाटै विद्यालय शिक्षा ऐरी जारी गर्न दबाब दिने भएको छ।

 माघ २५ मा सबै पालिकामा ध्यानाकर्षण बुझाउने र सोही दिन आन्दोलन परिचालन समिति समेत गठन गर्ने कार्यक्रम छ। यस्तै, माघ २९ मा विद्यालय, अभिभावक र व्यवस्थापन समितिमा अन्र्तक्र्रिया गराउने, माघ ३० मा मागसहित हातमा कालोपट्टी बाध्ने कार्यक्रम तय भएका छन्।

महासंघले जिल्ला स्तरमा माघ २६ गते आन्दोलन परिचालन समिति गठन गर्ने र फागुन २ मा ७७ जिल्लामै शिक्षा समन्वय इकाइमा ध्यानर्षणपत्र बुझाउने भएको छ। प्रदेशमा फागुन ७ गते परिचालन समिति गठन गर्ने, ९ गते सामाजिक विकासमन्त्रीलाई भेट्ने कार्यक्रम छन्।

राष्ट्रियस्तरमा माघ १७ गते पत्रकार भेटघाट, माघ १८ देखि फागुन १० गते भेटघाट तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। फागुन १७ गते शनिबार काठमाडौँमा कालोपट्टीसहित वृहत जुलुस प्रदर्शन तथा खबरदारी सभा गर्ने, फागुन १९ गते दोस्रो चरणका कार्यक्रम सार्वजनिक हुने कार्यक्रम तय गरेको छ।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...