बिहिबार, माघ २४, २०८१
English
Follow us:

राप्रपा नेताले भेटे पाथीभरा मुकुलुङ्ग घटनाका घाइते, वार्ताबाट केवलकार विवाद समाधान गर्न राप्रपाको जोड

राप्रपा नेताले भेटे पाथीभरा मुकुलुङ्ग घटनाका घाइते, वार्ताबाट केवलकार विवाद समाधान गर्न राप्रपाको जोड

  • खबर सेवा

  • बिहिबार, माघ १७, २०८१

  • 338
    SHARES
राप्रपा नेताले भेटे पाथीभरा मुकुलुङ्ग घटनाका घाइते, वार्ताबाट केवलकार विवाद समाधान गर्न राप्रपाको जोड

काठमाडौँ। पाथीभरा मुकुलुङ्ग क्षेत्रमा आन्दोलन गर्दा प्रहरीबाट घाइते भएका स्थानीयलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता सगुन सुन्दर लावतीले भेटेका छन्। राप्रपा प्रवक्ता लावतीले पाँचथर, कुरुम्बा निवासी सगुन लावतीलाई बिहीबार भेटी स्वास्थ लाभको कामना गरेका हुन्। झडपमा घाइते भएका लावतीको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार जारी छ । परिवारका सदस्यका अनुसार घाइते लावतीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।

विवाद वार्ताबाट समाधान गर्न अनुरोध

पाथीभरा मुकुलुङ्ग क्षेत्रमा केवलकार निर्माण कार्यमा उत्पन्न विवाद संवाद र सहमतिमा समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ । पवित्र धार्मिक क्षेत्र शान्त राख्नुपर्नेमा राप्रपाको जोड छ ।

‘ताप्लेजुङ, फुङलिङ नगरपालिका ११ मा अवस्थित पाथीभरा मुकुलुङ्ग क्षेत्रमा केबलकार निर्माण कार्य सञ्चालन गर्ने क्रममा स्थानीय सरोकार व्यक्त गरेका स्थानीयवासी प्रति भएको प्रशासनिक हस्तक्षेपको राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ ।

पवित्र धार्मिक क्षेत्रलाई शान्त राख्न संवाद र सहमतिको बाटोमा अघि बढ्न सरकारको ध्यानाकर्षण गराउँदछ,’ माघ ११, १२ र १३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय कार्य समितिको बैठकपछि राप्रपाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology